८ बैशाख २०८१, शनिबार
९ बर्षमा नमुना विद्यालय बन्न सफल जीवन ज्योति स्कुल


स्थापना भएको ९ वर्षको अवधिमा जीवन ज्योति स्कुल नमुना विद्यालय बन्न सफल भएको छ । २०७१ सालमा कोहलपुर १० राम नगरमा स्थापना भएको विद्यालयमा हाल नर्सरी देखी कक्षा १० सम्म सञ्चालनमा छ । पहिलो वर्ष १५ जना विद्यार्थी भर्ना भएको विद्यालयमा हाल १ हजार ८ सय विद्यार्थी अध्ययनरत छन । विद्यालयको आफ्नै भवन , खेल मैदान स्वच्छ खानेपानी , सुविधायुक्त शौचालय छ । जिल्लाको नेपालगन्ज , बैजनाथ , कोहलपुर क्षेत्रका विद्यार्थीहरू विद्यालयमा पढ्न आउने गरेका छन । विद्यालयमा भर्नाका लागी आउने विद्यार्थीको चाप ठुलो छ । नर्सरी बाहेक अन्य कक्षामा नयाँ भर्ना नलिने गरेको प्रिन्सिपल फादर जोमन जेम्स बताउँछन । कुनै विद्यार्थीले कारणवश विद्यालय छोडेको अवस्थामा मात्रै केही सिटमा भर्ना लिने गरेको उनको भनाई छ । विद्यार्थीको चाप थेग्न गाह्रो रहेको उनले बताए । यस वर्ष ५ जना बिभिन्न कारणले विद्यालय छोडेको र भर्ना पाउन हजारले आवेदन दिएको उनले बताए ।
विद्यालय प्रति अभिभावकको विश्वास बढनुमा अनुशासन लाई मुख्य कुरा मान्छन् प्रिन्सिपल फादर जोमन जेम्स । उनले विद्यालय प्रशासक , शिक्षक , अभिभावक र विद्यार्थीलाई अनुशासनमा राख्न सकेकाले विद्यालय प्रतिको विश्वास बढेको बताए । शिक्षा लाई व्यवसाय नभएर सेवाको रुपमा काम गरेकाले पनि जीवन ज्योति प्रति आम बाँके बासिको विश्वास बढेको उनको भनाई छ । झण्डै ४० प्रतिशत विद्यार्थी लाई निकै सहुलियत शुल्क छात्रवृती कोटामा पढने गरेका छन । समान्यतया उनिहरुको मासिक ४ सय शुल्क छ । पैसा हुने सँग शुल्क लिने , नहुने लाई सहुलियतमा पढाएर विपन्नहरू लाई पनि गुणस्तरीय शिक्षा दिने गरेको विद्यालयको भनाई छ । विद्यालयको लोभलाग्दो पूर्वाधार र प्रविधि को प्रयोगका कारण पनि विद्यार्थीको आर्कषण बढेको छ । विद्यालयमा ७ कक्षा सम्म प्रोजेक्टर बाट पढाई हुने गरेको छ भने ८ ,९ र १० मा स्मार्ट बोर्डको माध्यम बाट पढाई गर्ने गरिएको छ । यो प्रयोग जिल्लामै नमुना भएको विद्यालयको दाबी छ । विद्यालयको द्रुत विकास र नमुना बन्नुमा विद्यालय व्यवस्थापन समिति , शिक्षक अभिभावक समितिको पनि उत्तिकै योगदान रहेको प्रिन्सिपल फादर जोमन जेम्स बताउँछन ।
विद्यालय लाई हर हिसाबले सहयोग गर्न एक ७ सदस्यीय विद्यालय व्यवस्थापन समिति गठन गरिएको छ । इन्डियन आर्मीका रिटायर्ड क्याप्टेन कृष्ण बहादुर थापाले सो समितिमा रहेर विद्यालय लाई योगदान गरि रहेका छन । उनी स्थापना काल देखि हाल सम्म समितिको नेतृत्वमा छन । सरकारी विद्यालय र निजी विद्यालय सबैलाई सिकाइ होस भन्ने उद्देश्यले पनि आफूहरूले निजी गुठी मार्फत विद्यालय स्थापना गरेर सहुलियत शुल्कमा शिक्षा प्रदान गरेको थापा बताउँछन । उनले बिद्यालको प्रिन्सीपलको सेवाभावकै कारण विद्यालय यो स्थान सम्म आई पुगेको बताए । उहाँ एकल मानिस हुनुहुन्छ लोभ र मोह भन्ने उहाँमा छैन सेवा भाव मात्रै हो थापाले भने । विद्यालय व्यवस्थापन समितिको मासिकरुपमा बैठक बसेर योजना निर्माण गर्ने र सोहि अनुसार विद्यालय प्रशासन लाई सुझावहरु दिने गरेको थापाले बताए । विद्यालय लाई केहिले धार्मिक रुपमा लान्छना लाउने प्रयास गरेपनि बिद्यालयमा सबै धर्म र चाडहरुलाई उत्तिकै महत्व दिईने उनले बताए । थापाले विद्यालय संञ्चलनमा सहजता ल्याउन हरेक हिसाबले समाबेशी शिक्षक अभिभावक समिति गठन गरिएको बताए ।
कोहलपुर क्षेत्र निजी विद्यालयहरूको संख्या ठुलो छ । ३ दजर्न बढि निजी र सोही हाराहारीमा सरकारी विद्यालयहरू भएको स्थानमा अर्को विद्यालय खोल्नु र त्यसमा पनि ९ बर्षको छोटो अवधिमा जिल्लाको नमुना विद्यालयका रुपमा चिनिनु समान्य कुरा होइन । अभिभावक हरूको विश्वास जित्नु महत्त्वपूर्ण कुरा हो । विद्यालय सञ्चालक संस्थाले कोहलपुरमा विद्यालय स्थापनाका लागी ७ जना प्रिन्सिपलहरू लाई जिम्मेवारी दिएर पठाएको थियो । तर उनीहरू सफल हुन सकेनन् । आठौँ व्यक्तिका रुपमा प्रिन्सिपल फादर जोमन जेम्सलाई जिम्मेवारी दिइयो । तिनै जोमन जेम्सको नेतृत्वमा विद्यालयले यो स्तरको सफलता हात पारेको हो । खरो स्वभावका जोमन जेम्स अनुशासनको बारेमा कुनै सम्झौता गर्दैनन । विद्यालय सफलता उन्मुख रहेपनि कोहलपुरका अन्य विद्यालय सँग सिक्ने र सिकाउने सिलसिला चलाउनु गर्नु पर्ने धारण उनी राख्दछन । विद्यालयहरू बिच मैत्रिपूर्ण सम्बन्ध र अनुभव आदान प्रदान गर्न सके कोहलपुर लाई शैक्षिक हव बनाउन सकिने उनको विश्वास छ । शिक्षण सिकाइ विधिका बारेमा पनि अनुभाव आदन प्रदान गर्न सकिने उनी बताउँछन । तत्कालीन मध्य तथा सुदूरपश्चिम क्षेत्रका विद्यार्थीहरू लाई कोहलपुरमै गुणस्तरीय शिक्षा दिन आफूहरू तत्पर रहेको उनको भनाई छ ।


सोही कुरा लाई ध्यानमा राखेर आगामी बर्ष देखि कक्षा कोहलपुर मै ११ को पढाई पनि सुरु गर्न लागिएको उनले बताए । त्यसका लागी सबै तयारी पुरा भई सकेको उनी बताउँछन । कक्षा ११ सञ्चालनका लागी बिभिन्न सहयोगी संस्थाबाट डोनेसस जुटाउन आफू सफल भएको प्रिन्सिपल फादर जोमन जेम्सले बताए । सहयोग मागेरै विद्यालय सञ्चालन गरि रहेको उनको भनाई छ । २०७८ मा कोहलपुर नगर शिक्षाले गरेको बर्गिकरणम सो विद्यालय लाई क बर्गामा राखिएको छ । नगरपालिकाले क बर्गाको बिद्यालयले लिने अधिकतम शुल्क पनि निधाृरण गरेको छ । तर सो तोकिएको शुल्क भन्दा कम शुल्क आफुले अभिभावकहरु सँग लिने गरेको जोमन जेम्स बताउँछन । विद्यार्थी सँग न्युन शुल्क लिने गरेको भएपनि शिक्षकहरु लाई भने आर्कषक तलव सुविधा दिने गरेको उनको भनाई छ । आर्कषक तलव दिएर मात्रै शिक्षकहरु बाट गुणस्तरीय शिक्षण सिकाइ हुने उनको बुझाई छ । शिक्षकहरुलाई बेला बेलामा बिभिन्न कार्यशाला र रिफ्रेस तालिम सञ्चालन गरेर शिकाई लाई प्रभावकारी बनाउने बारे विद्यालय प्रयत्नसिल रहेको उनी बताउँछन ।
हाल सो विद्यालयमा ७२ शिक्षक सहित ११५ कर्मचारी कार्यरत छन । विद्यालय आफैले विद्यार्थी लाई दिवा खाजा दिने गरेको छ । समग्र बाँके र कोहलपुर बासीको माया नै आफ्नो सफलताको सुत्र भएको प्रिन्सिपल फादर जोमन जेम्सको भनाई छ । अभिभावकको मात्रै होइन बिद्यालयले सहयोगी दाताहरुको मन समेत जितेको छ । दाताहरु बर्षेनी आफु हरुले गरेको सहयोग सदुपयोग भए नभएको अनुगमन गर्न आउने र सोहि आधारमा अर्को बर्ष सहयोग गर्ने गरेका छन । बर्षेनी दाताहरुले सहयोग रकम बढाउनुले पनि उनी आफुले सहयोग गरेको रकम सदुपयोग भएको ढुक्क रहेको विद्यालयको बुझाई छ । सहयोगीहरुको सहयोग बाट बिद्यालयले १० करोड बढिको भौतिक संरचना निर्माण गरि सकेको छ । विद्यालय शिक्षामा मात्रै होइन समाजिक सेवामा पनि उत्तिकै अग्रसर छ ।कोरोना लगायत विपत्तिको समयमा स्कुलले बिभिन्न सहयोगी सस्था मार्फत खाद्यान्न सहयोग गर्दै आएको छ ।

विद्यार्थी लाई पनि सहयोगी भावनाको विकास गर्न टिफिन वापतको रकम बचत गरेर बिभिन्न खाले सहयोग गर्ने गरेको विद्यालय प्रशासन बताउँछ । बिद्यालयका अभिभावक देवी ठकुरीले बिद्यालयका शिक्षक , विद्यालय प्रशासन र समग्र बातावरणका कारण आफुले सो बिद्यालयमा आफ्ना बच्चा पठन पाठन गराएका बताउछिन । उनले बाहिर बिभिन्न खाले हल्लहरु चलाईए पनि जिवन ज्योति एक नमुना विद्यालय भएको उनी बताउछिन ।

Nabintech