२५ बैशाख २०८१, मंगलवार
समृद्धि, सुशासन र भ्रष्टाचार नियन्त्रण सरकारको प्राथमिकता: उपप्रधानमन्त्री श्रेष्ठ


उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउन समृद्धि, समृद्धिका लागि सुशासन र सुशासनका लागि भ्रष्टाचारको निर्मम नियन्त्रण वर्तमान सरकारको मुल प्राथमिकता भएको बताउनुभएको छ।
राज्यविरुद्धको अपराध भन्न मिल्ने नक्कली शरणार्थी भ्रष्टाचार प्रकरणका नाइकेहरूको पहिचान र गिरफ्तारीमा उपप्रधान एवम् गृहमन्त्री श्रेष्ठले सफलता हासिल गर्नुभएको भन्दै आभार व्यक्त गर्न मन्त्रालय आउनुभएका कांग्रेस नेताहरूसँगको संक्षिप्त कुराकानीमा उहाँको उक्त कुरा बताउनुभएको हो।
गृहमन्त्रीसँगको भेटमा कांग्रेस नेताहरूले भ्रष्टाचारविरुद्धको यस कदमको उच्च प्रशंसा गर्नुभएको छ। सम्पुर्ण जरोकिलो खोतलेर यसलाई तार्किक निष्कर्षमा पुर्याउन समेत नेताहरूले अनुरोध गर्नुभएको छ।
गुरुराज घिमिरे, मधु आचार्य, रन्जित कर्ण, भुपेन्द्रजङ्ग शाही, नरेश यादव, डा. गोबिन्द पोखरेल सहितका २० भन्दा बढी कांग्रेस नेताहरूले उपप्रधानमन्त्री श्रेष्ठलाई बधाई र आभार व्यक्त गर्नुभएको थियो। यो ऐतिहासिक कदमले लोकतन्त्र स्थापनापछिको गतिहीनतालाई क्रमभङ्ग गर्दै, जनतामा आशा सिर्जना गरेको ठम्याइ समेत उहाँहरूको छ।

Nabintech