१५ बैशाख २०८१, शनिबार
कोहलपुरमा परिक्षा नियन्त्रण कार्यालयको प्रशासनिक भवनको शिलान्यास


त्रिभुवन विश्वविद्यालय क्षेत्रीय परिक्षा नियन्त्रण कार्यालय नेपालगन्ज बाँकेको प्रशासनिक भवनको शिलान्यास गरिएको छ । भवन निर्माण सुरु भएको कोहलपुर–२ तेह्रविगाह नजिक पूर्व पश्चिम राजमार्गको नजिक बन्न लागेको भवनको एक कार्यक्रमका बीच कोहलपुर नगरपालिकाका नगरप्रमुख पूर्णप्रसाद आचार्यले भवनको धार्मिक विधिपूर्वक शिलान्यास गरेका छन् । परिक्षा नियन्त्रण कार्यालयको प्रशासनिक भवन कोहलपुरमा बन्नु सुखद् कुरा भएको नगरप्रमुख पूर्णप्रसाद आचार्यले बताएका छन् ।
तीन प्रदेशको ट्रान्जिट प्वाइन्टका रुपमा रहेको कोहलपुरमा कार्यालय स्थापना हुनु पश्चिम क्षेत्रकै लागि सकारात्मक पक्ष भएको उनको भनाई रहेको छ । स्थानीय सरकारबाट हुने सम्पूर्ण कुराहरु भवनको निर्माण र सञ्चालनका लागि सहयोग गर्न आफूहरु तयार रहेको उनले बताएका हुन् । लामो प्रयासपछि हामी निर्माणको चरणमा पुगेका छौँ उनले भने यो हाम्रो लागि पनि खुसीको कुरा हो । विद्यार्थीहरुले यस सम्बन्धी कामको लागि राजधानी धाउनुपर्ने बाध्यताको अन्त्य हुनेछ नगरप्रमुख आचार्यले बताएका छन् । कार्यक्रममा शुभकामना मन्तव्य राख्दै कोहलपुर नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष हरि कठायतले आफू निर्वाचित भएर आइसकेपछि कार्यालयसँग निरन्तरको संवाद र प्रयासपछि मात्रै कार्यालय निर्माण सम्भव भएको जानकारी दिएका छन् । तीन वटा प्रदेशका विद्यार्थीको लागि धेरै सहज हुने उनले बताए । वडा नम्बर तीन ठाउँमा जग्गा देखाएको थिए । जसमध्ये यो जग्गा उपयुक्त भयो,’ उनले भने, ‘पहिला पनि प्रयास नभएको होइन । तर हामीले विशेष पहल गरेर निर्माण सुरु भएको छ । त्रिभुवन विश्वविद्यालयका परिक्षा नियन्त्रक पुष्पराज जोशीले पश्चिम क्षेत्रलाई प्राथमिकतामा राखेर कोहलपुरमा कार्यालय स्थापना गर्न लागिएको बताएका छन् । उनले कोहलपुरमा जग्गा प्राप्त भएमा अत्याधुनिक हल निर्माण पनि गरिने जानकारी दिएका छन् । त्यसको लागि अहिलेदेखि नै प्रयास भइरहेको उनले बताएका छन् । उक्त भवन शिल्यान्यासमा स्थानिय राजनैतिक दलका जन प्रतिनिधि, नगरबासी, संचारकर्मि लगायतको उपस्थित रहेको थियो ।

Nabintech