२५ बैशाख २०८१, मंगलवार
कोहलपुरमा युवती मृत फेला


बाँकेको कोहलपुर नगरपालिका– २ बर्दहवा एक २० वर्षीया युवती मृत अवस्थामा फेला परेकी छिन् । प्रिती थारु  घरमै मृत अवस्थामा फेला परेकी हुन् ।

ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) सुन्दर तिवारीले पनि युवती मृत फेला परेको पुष्टि गरे । ‘मृतकले आत्महत्या गरेको हो की हत्या नै हो भन्ने कुरा पोस्टपार्टम रिपोर्ट आएपछि खुल्छ’ डीएसपी तिवारीले भने, ‘घटना शंकास्पद भएकोले तीन जनालाई नियन्त्रणमा लिएका छौं ।’

कोहलपुर प्रहरीले श्रीमान्, ससुरा र जेठाजुलाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ ।

 घटना शंकास्पद देखिएपछि अनुसन्धानको दायरा फराकिलो पारेर सूक्ष्म रुपमा अनुसन्धान थालिएको कोहलपुर प्रहरीले जनाएको छ । मृतकका माइती पक्षले भने घरपरिवारले प्रीतिको हत्या गरेको बताएका छन् ।घटनाको दिन बिहान समेत श्रीमान सहित घरपरिवारका सदस्यले कुटपिट गरेको खुल्न आएको कोहलपुर प्रहरीले जनाएको छ ।

Nabintech