६ जेष्ठ २०८१, आईतवार
नागरिक सँगको साझेदारीमा अपराध नियन्त्रणको योजना बनाउँदै कोहलपुर प्रहरी

निजी क्षेत्र संगको सहकार्यमा राजमार्ग क्षेत्रमा सिसि क्यामरा जडान



इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख सुन्दर तिवारीले नागरिकहरू सँगको साझेदारीमा कोहलपुरमा हुने सबैखाले अपराध नियन्त्रण हुने बताएका छन ।

त्यसका लागी निजी क्षेत्र, आम जनता र प्रहरी मिलेर काम गनु पर्ने उनको बुझाई छ । इलाका प्रहरी कार्यालय कोहलपुरको प्रमुख भएर आएको २ महिनाको अवधिमा यौन व्यवसाय, लागू औषध नियन्त्रण , सडक दुर्घटना नियन्त्रणमा उल्लेख्य सफलता मिलेको उनको भनाई छ ।

प्रमुख तिवारीले प्रविधिको प्रयोग अपराध नियन्त्रणमा सहयोगी हुने भन्दै निजी क्षेत्र सँग सहकार्य गरेर मुख्य सडक क्षेत्रमा सि सि टिभी जडानको काम भई रहेको बताए । उनले निजी , समुदाय र स्थानीय सरकार सँग मिलेर नेपालगन्ज कोहलपुर सडक खण्डको राझा, पार्वतीपुर, कोहलपुर हाई स्कुल, महेन्द्र राजमार्ग अन्तर्गत कोहलपुर ४ को किरण नाला,सम्झना बजार, चपरगौढी लगायतका क्यामरा जडान गरिएको जानकारी दिए ।

उनले पिप्रहवा हुलास खाद्यय उद्योग , हाई स्कुलमा समुदाय स्तर बाट, किरण नालमा होटल सेन्ट्रल प्लाजा सँगको सहकार्यमा उक्त क्यामरा जडान गरिएको छ । उनले ठूला होटल, सुनचाँदी पसल , बैक लगायतका संस्थाहरूलाई एउटा क्यामरा मुख्य बजार र सडक क्षेत्र तिर फर्काएर राख्न आग्रह गरिएको जानकारी दिए । जसले रातको समयमा हुने घटना नियन्त्रणमा सहज हुने उनको भनाई छ ।

हुलास खाद्यय उद्योगका प्रमुख एम चक्रवर्तीले प्रहरी लाई अपराधमा सहयोगी हो भन्ने उद्देश्यले पिप्रहवा स्थिति रत्न राजमार्गमा सि सि क्यामरा जडान गरिदिएको बताए ।

Nabintech