१२ श्रावण २०८१, शनिबार
अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा सभामुख घर्तीमगरद्धारा शुभकामना व्यक्त


 मे १, १३४ औं अन्तर्राष्ट्रिय श्रमिक दिवस । दिवसको अवसरमा लुम्विनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले देश विदेशमा रहनु हुने लुम्विनी प्रदेशवासी सम्पुर्ण श्रमजिवि आमा, वुवा, दाजु,भाई, दिदी वहिनी, प्रदेश सभा सदस्य माननीय ज्यूहरु, राष्ट्सेवक कर्मचारी, सुरक्षाकर्मी, संचारकर्मीहरु सबैमा हार्दिक शुभकामना व्यक्त गर्नु भएको छ ।
सन् १८८६मा अमेरिकाको सिकागो लगायत युरोपियन मुलुकमा मजदुरहरुले आफुमाथी भईरहेको श्रमशोषणका विरुद्ध समानता, उपयुक्त श्रमज्याला, उचित विदा सुविधा, र श्रम वातावरणको लागि एकीकृत हुने उद्घघोस गरे र आन्दोलनलाई सफल तुल्याए सोहीे ऐतिहासिक दिनलाई स्मरण गर्दै संयुक्त राष्ट्र संघको अन्तर्राष्ट्रिय श्रमिक संगठनद्धारा यो दिवस मनाउने निर्णय भएपछि विश्वमा यो दिवस मनाउन शुरु गरिएको हो । यो दिवस विश्वमा अन्तर्राष्ट्रिय श्रमिक आन्दोलनको उत्सवको रूपमा मनाइने पर्व मानिन्छ ।
सभामुख घर्ती मगरले नेपालमा यो दिवसको सान्दर्भकता र महत्व अझै वढ्दै गएको शुभकामना सन्देशमा उल्लेख गर्नु भएको छ ।
सोमवार जारी गरिएको शुभकामना सन्देशमा “औद्योगिक उत्पादन र औद्योगिक विकासमा उचित ध्यान नपु¥याउदा एकातिर वेरोजगारीको समस्या छ अर्काे तर्फ दक्ष श्रमिकहरुको पलायन रोक्न चुनौती छ । औद्योगिक विकास गरी स्वदेशमै रोजगार र स्वरोजगारको उपयुक्त वातावरण श्रृजना गर्न नसक्दा शिक्षित जनशक्ति पलायनको अवस्था आएको छ, जुन मुलुककै लागि घातक छ ।” उल्लेख छ ।
सस्तो मुल्यमा विदेशमा श्रम वेच्नु पर्ने वाध्यात्मक अवस्थाको अन्त्य गर्न स्वदेशमै उद्यमशिलताको विकास गरी श्रमिक वर्गको संरक्षण र उनिहरुको रोजगारीको सुनिश्चिताले मात्र मुलुकको अर्थतन्त्रमा योगदान गर्न सकिने उहांले जनाउनु भएको छ ।
आम जनमानसमा श्रमप्रतिको विश्वास र शिपको सम्मान गर्ने स्वाभिमानी संस्कार हराई सकेको भन्दै उहांले चिन्ता समेत वयक्त गर्नु भएको छ । “श्रमप्रतिको विश्वास जगाउदै सबैलाई श्रममा जोड्न सकियो भने मात्र श्रमप्रतिको विश्वास जगाउन सकिन्छ । श्रम र शिपयुक्त युवा जनशक्ति सहितको लुम्विनी प्रदेश मात्र सफल र सक्षम प्रदेश हुनेछ ।” उहांले शुभकामना सन्देशमा उल्लेख गर्नु भएको छ ।
सभामुख घर्तीमगरले श्रमजिवीको हितमा कानुन निर्माण गर्ने सवालमा प्रदेश सभाको पहिलो प्राथमिकता रहने प्रतिवद्धता जनाउनु भएको छ । वौद्धिक श्रमिक वर्ग लगायत सवै श्रमिक वर्गको सामाजिक न्याय व्यवस्थापनमा जोड दिन पनि यो दिवसले भूमिका खेलने विश्वास उहांले व्यक्र गर्नु भएको छ । श्रमको महत्व वुझ्न र श्रमिकलाई सम्मान गर्न पनि उहांले आग्रह गर्नु भएको छ ।

Nabintech