६ जेष्ठ २०८१, आईतवार
भ्रष्टाचारको कुन कुन फाइल खोल्नुप¥यो म तयार छु : प्रधानमन्त्री ‘प्रचण्ड’


प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू भ्रष्टाचारको जुनसुकै फाइल खोल्न तयार भएको बताएका छन् । उनले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीलाई सरकारमा आउन आग्रह गरे ।
सोमबार बिहान प्रेस सेन्टरले चितवनमा आयोजना गरेको पत्रकारसँग प्रधानमन्त्री कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले आफू भ्रष्टाचारको जुनसुकै फाइल खोल्न तयार भएको बताएका हु्न् ।
‘तपाईँ आउनुस्, भ्रष्टाचारको कुन फाइल खोल्नुप¥यो म तयार छु,’ प्रधानमन्त्री प्रचण्डले भने । भ्राष्टाचार नियन्त्रण आफ्नो सरकारको प्राथमिकता भएको उनले बताए ।
सरकारमा आउने विषयमा लामिछाने पनि सकारात्मक रहेको प्रधानमन्त्रीले बताएका छन् ।
‘सरकारकामा सहभागी हुनेबारे उहाँले पनि आफ्नो पार्टीमा सल्लाह गर्ने र मैले पनि गठबन्धनमा छलफल गर्ने र केही दिनपछि फेरि भेट्ने र एउटा टुङ्गोमा पुग्ने भनेका छौं,’ प्रधानमन्त्रीले भने,‘समर्थन फिर्ता लिने स्थिती बन्ने मैले देखेको छैन।’
छलफलमा रवि लामिछानेले पुरानै मन्त्रालयको दाबी नगरेको पनि प्रधानमन्त्रीले बताए।

‘पहिलाकै मन्त्रालय खोज्नु अस्वभाविक होइन। त्यसैमा अडिनुहुन्छ भन्नेपनि ठानेको छैन। फेरि त्यही भन्ने चाहीँ हुँदैन,’ उनले भने।
प्रधानमन्त्री प्रचण्डले सरकार पाँचै वर्ष टिक्ने बताउँदै सरकारको भविष्यलाई लिएर भएका चर्चा भ्रमपूर्ण रहेको बताए।

Nabintech