प्रेस चौतारी नेपाल बाँके शाखाको १५ औं साधारणसभा सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि तथा प्रेस चौतारी नेपालका केन्द्रिय अध्यक्ष गणेश बस्नेतले पत्रकारिता क्षेत्रलाई थप व्यवस्थित र व्यवसायिक बनाउनुपर्ने बताए । प्रेस चौतारी नेपालले देशभरका जिल्लाहरुमा क्रमश वार्षिक साधारणसभा गर्दै आएको बताउँदै संगठन बलियो बनाउन सक्षम व्यक्तित्वलाई सांगठनिक बनाउन आवश्यक रहेको उनले औल्याए ।
प्रेस चौतारी नेपालका महासचिव हिरामान लामाले आफु निकट संगठनको हकहितका लागि पत्रकारिताको माध्यमबाट प्रेस चौतारीले खेल्दै आएको भूमिका महत्वपूर्ण रहेको बताए ।
प्रेस चौतारी नेपालका केन्द्रिय सचिव तथा लम्बिनी प्रदेशका इन्चार्ज प्रदिप आचार्यले प्रेस चौतारी बाँके शाखाले संघसंस्थाहरुसंग सहकार्य गरि बिभिन्न कार्यक्रम गरेर संगठनको अक्षयकोषलाई बलियो बनाउन सुझाब दिए ।
कार्यक्रममा पत्रकारिता क्षेत्रमा क्रियाशिल रहि प्रेस चौतारी बाँकेलाई सांगठनिक तथा संस्थागत विकासमा महत्वपूर्ण योगदान पुर्याउने संगठनका पुर्व अध्यक्षहरुलाई कदरपत्र सहित सम्मान गरिएको छ । १५ औं साधारणसभाबाट १० बुँदे घोषणा पत्र सार्वजनिक गरिएको छ ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारी, नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष अर्जुन ओली, प्रेस सेन्टर बाँकेका अध्यक्ष राजेश आचार्य लगायतले साधारणसभा सफलताको शुभकामना दिएका थिए । । प्रेस चौतारी बाँकेका अध्यक्ष दुर्गा रोकायको अध्यक्षतामा भएको कार्यक्रममा सचिव कमल डाँगीले सांगठिनक प्रतिवेदन र कोषाध्यक्ष ज्याउल मुस्ताफा कादरीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।