१२ श्रावण २०८१, शनिबार
माओवादी केन्द्र कोहलपुर ३ को अध्यक्षमा गोपाल अधिकारी 


नेकपा ( माओवादी केन्द्र ) कोहलपुर नगरपालिका वार्ड न ३ को प्रथम भेलाले युवा नेता गोपाल अधिकारीको अध्यक्षतामा २९ सदस्यीय समिति चयन गरेको छ ।

जसको उपाध्यक्षमा विष्णु खरेल , हरि भुसाल , धौ बहादुर महतरा, सविना सिह ठकुरी , भुपेन्द्र पौडेल सचिवमा पल्टन बूढा सह सचिवमा डम्बर बहादुर खत्री र कोषाध्यक्ष बजारी थारू लगायत रहेको अध्यक्ष अधिकारीले जानकारी दिए ।

पछिल्लो समय रिक्त रहेको वडा अध्यक्षमा भेलाले नयाँ नेतृत्व चयन गरेको हो । नव निर्वाचित अध्यक्ष अधिकारीले आगामी दिनमा कोहलपुर ३ मा माओवादी केन्द्र पहिलो पार्टी बन्ने दाबी गरे ।

उनले कोहलपुर ३ को विकासमा कमिटी दिन रात खटिने प्रतिबद्धता समेत जनाए । अधिकारी माओवादी केन्द्रका युवा नेताका साथै बिभिन्न समाजिक संघ संस्थाहरूमा सक्रिय युवा हुन । उनको नेतृत्व संग कोहलपुर ३ मा माओवादी पार्टी अब्बल पार्टी बन्ने माओवादी केन्द्रका जिल्ला संयोजक नरेन्द्र पाण्डे जेम्सले बताए । उनले  माओवादी पार्टीको नेतृत्व युवा हरूले गर्ने समेत दाबी गरे ।

 

Nabintech