३० कार्तिक २०८१, शुक्रबार
चितवन २ मा रवि लामिछाने २९ हजार मतले अगाडि


प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअन्तर्गत चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका रवि लामिछानेले फराकिलो अग्रता बनाएका छन् ।

निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो मतपरिणामअनुसार लामिछानेले निकटतम् प्रतिस्पर्धीलाई झन्डै २९ हजार मतले उछिनेका छन् । लामिछानेले ३६ हजार १ सय ५८ मत प्राप्त गर्दा कांग्रेस उम्मेदवार जीतनारायण श्रेष्ठले ७ हजार १ सय ४८ मत प्राप्त गरेका छन् । त्यस्तै तेस्रो स्थानमा रहेका एमाले उम्मेदवार रामप्रसाद न्यौपानेले ६ हजार ६ सय ५१ मत प्राप्त गरेका छन् ।

आइतबार भएको मतदानमा चितवन २ मा ७८ हजार २७७ मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले प्रारम्भिक विवरण दिएको छ ।

Nabintech