६ जेष्ठ २०८१, आईतवार
४ किलो ९२७ ग्राम सुनको गहना सहित २ पक्राऊ


बाँके प्रहरीले नेपालगन्जबाट करिब ४ किलो ९२७ अवैध सुनका गहना सहित दुई जनालाई पक्राउ गरेको छ ।

नेपालगन्जको न्युरोडस्थित न्यू इन्द्रेणी होटलबाट ४ किलो ९२७ ग्राम सुनका विभिन्न गहनासहित विराटनगरका रमेश सोनी र प्रकाश ठाकुरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी शन्तोष सिंह राठौरले जानकारी दिए ।

पक्राउ परेका व्यक्तिका साथबाट सुनका चुरा, ब्रास्लेट, मंगलसूत्र, बाला, ढुङ्ग्री, औँठी लगायतका सुनका गहना प्रहरीले गएराति बरामद गरेको हो ।

उक्त सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Nabintech