१२ श्रावण २०८१, शनिबार
काठमाडौं बाहिरका ६ स्थानबाट वैदेशिक हुलाक वस्तु दर्ता गर्ने कार्य प्रारम्भ


काठमाडौं बाहिरका ६ स्थानबाट वैदेशिक हुलाक वस्तु दर्ता गर्ने कार्य प्रारम्भ भएको छ। यसअघि काठमाडौंमा मात्र सीमित उक्त कार्य आजबाट काठमाडौं बाहिरका अन्य ६ स्थानबाट पनि प्रारम्भ भएको हो।

भन्सार कार्यालय रहेका काठमाडौं बाहिरका चन्द्रगढी, बिराटनगर, नेपालगञ्ज, भैरहवा, धनगढी र वीरगञ्जबाट प्रारम्भ भएको सूचना तथा सञ्चार प्रविधि मन्त्री रेखा शर्माका प्रेस विज्ञ नरेन्द्र केसीले जानकारी दिए।

उनका अनुसार पोखरामा समेत भन्सार कार्यालय स्थापना हुनासाथ सो सेवा सुरुवात गर्ने तयारी छ।

Nabintech