१२ श्रावण २०८१, शनिबार
उत्पीडित दलित समुदाय माओवादीमा लामबद्ध हुन पूर्वमन्त्री अथकको अपिल


नेकपा माओवादीका स्थायी समिति सदस्य एवँ पूर्वमन्त्री महेश्वर गहतराज अथक ले माओवादी पार्टी मात्रै दलित मैत्री पार्टी भएकोले सम्पूर्ण उत्पीडित दलित समुदाय आफ्नो अधिकारको लागि माओवादीमा लामबद्द हुन अपिल गरका छन । उनले माओवादीले मात्र दलित समुदायको लागि विशेष अधिकारको सवाल पार्टीले अघि सारेको स्पष्ट पारे ।

पुर्व मन्त्री अथक ले दलित समुदाय ऐतिहासिक सर्वहारा र श्रमिक बर्ग भएकोले आफ्नो अधिकार स्थापित गर्नका लागी यो बर्ग निरन्तर संघर्षरत हुनुपर्ने बताए । आइतबार नेपालगञ्जमा भएको नेपाल दलित मुक्तिमोर्चा को प्रथम जिल्ला भेला लाई सम्बोधन गर्दै अथक ले उक्त कुरा बताएका हुनसंबोधन कै क्रममा पुर्व मन्त्री अथक ले अहिले नयाँ संविधानमा महिला दलित लगायत उत्पीडित बर्गको अधिकारहरू सम्बोधन भएका छन त्यो माओवादीकै कारणले भएको स्मरण गराए ।

नेकपा माओवादीको भातृ संगठन नेपाल दलित मुक्तिमोर्चा बाँकेको जिल्ला भेलाले अमर बि क को संयोजकत्वमा ६६ सदस्यीय जिल्ला समन्वय समिति चयन गरेको छ । उ्क्त समितिको सचिवमा नर बहादुर परियार रहेको संयोजक अमर बि क ले जानकारी गराए । यही बैशाख महिना भित्र मोर्चाको प्रदेश र केन्द्रीय महाधिवेशन गर्नुपर्ने र त्यसका लगी वडा पालिका र जिल्लाका भेला सम्मेलन गरिसक्नुपर्ने संगठनको नीति भएकाले जिल्ला भेला गरिएको आयोजकले जनाएको छ ।

जिल्ला भेलामा बाँकेका सबै पालिका बाट सहभागीको प्रतिनिधित्व रहेको सचिव नर बहादुर परियारले जानकारी गराउनु भयो । जिल्ला भेलामा नेकपा माओवादी केन्द्रका बाँके संयोजक नरेन्द्र पाण्डे नेपालगन्ज नगर अध्यक्ष रतन शाही मोर्चाका केन्द्रीय सदस्य झुपा बि क दुर्गा बि क प्रदिप बि क कमला बि क लगायतले मोर्चा लाई सशक्त बनाउनुपर्ने धारणा राखेका थिए ।

Nabintech