६ जेष्ठ २०८१, आईतवार
कोहलपुर प्रहरीद्धारा राजमार्ग क्षेत्रमा पेशेवर जुवा खेलाउने ५ पक्राउ


कोहलपुर प्रहरीले राजमार्ग क्षेत्रमा जुवा खेलाउने एक गिरोहका ५ जनालाई पक्राउ गरेको छ ।

महेन्द्र राजमार्ग क्षेत्रका होटलहरूमा घुम्ती जुवा (गोटी)  खेलाउने समुहका ५ जनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । लामो समय देखी राजमार्ग क्षेत्रमा जुवा खेलाउने उनीहरूलाई बाँकेको राप्ती सोनारी गाउँपालिका १ को बाघखोर नजिक बाट  पक्राउ गरेको इलाका प्रहरी कार्यालयको प्रमुख सुन्दर तिवारी जानकारी दिए ।

स्थानीयको सूचनाको आधारमा नियमित जुवा खेलाउने उनीहरूलाई पक्राउ गर्ने क्रममा प्रहरीलाई दुर्व्यवहार समेत गरेको तिवारीले बताए । उनीहरूलाई  अभद्र व्यवहार अन्तरगत मुद्दा चलाउने तिवारीले जानकारी दिए ।

पूर्व पश्चिम राजमार्ग र रत्न राजमार्गका चल्ने यात्रु बाहक सवारी साधनले खाना खाने स्थानमा उनीहरूले मौका छोपी लामो समय देखि जुवा (गोटी) खेलाउने गरेको प्रहरीको भनाई छ । इलाका प्रहरी कार्यालयको प्रमुखका रुपमा तिवारी आईसके पछि पछिल्लो समय कोहलपुरमा हुने बिभिन्न खाले आपराधिक घटनाहरूमा कमी आएको छ । 

Nabintech