१४ बैशाख २०८१, शुक्रबार
कोहलपुरमा स्वास्थ्य प्रबद्र्धन केन्द्र र अपाङ्ग बाल अस्पतालको उद्घाटन


पूर्व स्वास्थ्य मन्त्री गगन कुमार थापाले स्वास्थ्य र शिक्षालाई पूर्णरुपमा निःशुल्क गरिनु पर्ने बताएका छन । बाँकेको कोहलपुर नगरपालिका–१५ अकलघरुवास्थित नगर स्वास्थ्य प्रवद्र्धन केन्द्र र अपाङ्ग बाल अस्पताल पुनःस्थापना केन्द्रको आज शनिवार उद्घाटन गर्दै उनले स्वास्थ्य र शिक्षालाई पूर्णरुपमा निःशुल्क गर्दै त्यसलाई गुणस्तरीय र सर्वसुलभ पनि बनाइनु पर्नेमा जोड दिए ।

यसैगरी अपांगता भएका बालबालिकाहरुलाई लक्षित गरी संचालनमा ल्याइएको अपाङ्ग बाल अस्पताल तथा पुनःस्थापना केन्द्रले ठूलो मानवीय सेवा हुने बताए । विपन्न समुदायका र त्यसमा पनि अपाङ्गता भएका बालबालिकाहरुको पहिचान गरी उनीहरुलाई उपचार गरेर समाजमा पुनःस्थापना गर्नु निकै ठूलो काम भएको भन्दै उहाँले कोहलपुरमा केन्द्र संचालनपछि लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका अपाङ्गता भएका बालबालिकाहरुलाई उपचारमा निकै सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

यस्तै लुम्बिनी प्रदेश सभा सदस्य सञ्जु कुमारी चौधरीले थारु समुदायमा जनस्वास्थ्य समस्याको रुपमा रहेको सिकलसेल र थालेसेमियाका बिरामीको उपचारलाई निःशुल्क गरिनु पर्ने बताईन ।

यस्तै लुम्विनी प्रदेश सभा सदस्य बसन्ती अधिकारीले पनि स्वास्थ्य सेवालाई गुणस्तरीय बनाउन आवश्यक रहेको बताईन । कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्ण प्रसाद आचार्यले कोहलपुर नगरपालिकाले स्वास्थ्य र शिक्षालाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको बताए ।
कार्यक्रममा नेपाली काँग्रेस बाँकेका सभापति नारायण प्रसाद गौडेल, अपाङ्ग बाल अस्पताल तथा पुनःस्थापना केन्द्रका निर्देशक डा।विवेक बास्कोटा, कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकाल, कोहलपुर नगरपालिका–१५ का वडा अध्यक्ष दिपेन्द्र चौधरी, अपाङ्ग बाल अस्पताल तथा पुनःस्थापना केन्द्रका सूचना अधिकृत बिनिता खड्का लगायतले बोलेका थिए ।

कार्यक्रममा प्रवद्र्धन केन्द्र र अस्पताललाई जग्गा दान गर्ने जग्गादाता स्वर्गीय पुन्सी थारुको अर्धकधको शालिकको समेत पूर्वमन्त्री थापाले अनावरण गरेका छन । स्वर्गीय थारुले १० कठ्ठा जग्गा दान गरेका थिए ।

Nabintech