७ बैशाख २०८१, शुक्रबार
कांग्रेस बाँकेले १८ गते जिल्ला सम्मेलन गर्दै


नेपाली कांग्रेस बाँकेले जिल्ला सम्मेलन गर्दैछ । यही चैत्र १८ गते प्रथम जिल्ला सम्मेलन गर्न लागेको हो । सम्मेलनको पार्टीका महामन्त्री गगनकुमार थापाले उद्घाटन गर्ने कांग्रेस बाँकेले जनाएको छ ।

नेपालगञ्जस्थित पार्टी कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा सभापति नारायणप्रसाद गौडेलले सम्मेलनबारे जानकारी गराउँदै सम्पूर्ण तयारी पूरा भएको बताएका छन् । १ हजार ६ सय प्रतिनिधि सहभागी हुने सम्मेलनमा सांगठानिक प्रतिवेदन, आर्थिक प्रतिवेदन, वार्षिक नीति तथा कार्यक्रमको प्रस्तुतिकरणसँगै प्रजातन्त्र सेनानी, पूर्व पार्टी सभापति, उत्कृष्ट वडा सभापति, महिला वडा सभापति, सहिद परिवार तथा जनआन्दोलन र द्वन्दका घाइतेलाई सम्मान गर्ने कार्यक्रम रहेको गौडेलले बताए । सम्मेलनलाई विगतको समीक्षा र आगामी कार्ययोजना प्रस्तुत गर्ने थलोको रुपमा प्रयोग गरिने सभापति गौडेलले बताए ।

Nabintech