६ जेष्ठ २०८१, आईतवार
साझा सहकारीका नव निर्वाचित पदाधिकारीले गरे सपथ


सहकारी संस्था लि (साझा)का नव निर्वाचित पदाधिकारीले आईतवार पद तथा गोपनियताको सपथ लिएका छन ।
आईतवार आयोजित एक कार्यक्रममा निर्वाचन समितीका संयोजक पदम पाण्डेले अध्यक्ष पारश नाथ थारु लगायतका पदाधिकारी लाई पद तथा गोपनियताको सपथ गराएका हुन ।
सपथ ग्रहण कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिकाका प्रमुख पुर्ण प्रसाद आचार्यले स्थानिय सरकारले सहकारी संस्थाहरु लाई नियमन र प्रोत्सहन दुवै गर्ने बताए । उनले सहकारी क्षेत्रमा केहि बेथिति रहेको भन्दै त्यस लाई नियमन र तल्लो बर्गसंग प्रत्यक्ष जोडिएर काम गर्ने भएकाले उनिहरु लाई प्रोत्सहनको निति लिईने बताए । उनले यस क्षेत्रको सबैभन्दा ठुलो सहकारी साझाको नव निर्वाचित समिती सबै संगको सहकार्यमा आगाडी बढनु पर्ने बताए । उनले नागरिकहरुको भरोसा योग्य संस्था सहकारीले सदस्यको सर्बोपरि हित अनुकुल काम गनु पर्ने बताए ।


कार्यक्रममा नव निर्वाचित अध्यक्ष पारश नाथ थारुले सबै संग सहकार्य गदै संस्था अगाडी बढने बताए । उनले साझा सहकारीले सेयर सदस्य सख्या मात्रै होईन कारोवारका हिसावले पनि नमुना सहकारी बनाउने बताए ।
उनले निकट भबिश्यमा चिउरा र भुजा मिल संचालनमा ल्याउन लागेको जानकारी दिए । कार्यक्रममा सहकारी अभियान्ता प्रेम सुबेदी ,भुपेन्द्र अधिकारी , साझा सहकारीका व्यवस्थापक जुल्फेकर अलि लगायते नव निर्वाचित समिती लाई बधाई तथा शुभकामना दिएका थिए ।
साझा सहकारीका हालै सम्पन्न निर्वाचन बाट अध्यक्षमा पारश नाथ थारु , उपाध्यक्षमा राज मोहन थारु , जिल्ला प्रतिनिधीमा गंगा डाँगी ,संञ्चालक सदस्य पशुपति थारु ,देउकलि थारु ,आबिद अलि साई , लेखा संयोजकमा कालि वहादुर वली , सदस्यमा डिला कुमारी तिवारी ,तिरथ राम तमोलि निर्वाचित भएका थिए ।

 

Nabintech