११ बैशाख २०८१, मंगलवार
अखिल नेपाल ट्रेड युनियन महासंघको बाँके अध्यक्षमा साई


अखिल नेपाल ट्रेड युनियन महासंघ बाँकेको अध्यक्षमा हजरत अलि साई चएन भएका छन । नेपालगंजमा सम्पन्न चौथो सम्मेलनले साईको अध्यक्षमा नयाँ कमिटी गठन गरेको हो । सम्मेलनको उद्धघाटन सत्रमा बोल्दै माओवादी बाँकेका संयोजक नरेन्द्र पाण्डे जेम्सले माओवादी आन्दोलनको जग नै मजदुर आन्दोलन भएको बताए ।

उनले नेपालमा मजदुरहरुको अधिकारका लागी आफ्नो पाटी लागी रहेको समेत बताए । न्युनतम पारिश्रमिक निर्धारण , करार र ज्यालादारिका काम गर्नेहरुको सेवा सुबिधा बृद्धि , समाजिक सुरक्षा योजना लगायतका कार्यक्रमहरु आफ्नो पार्टीको पहलमा भएको समेत बताए ।

कार्यक्रमा मजदुर नेता बसन्त मल्ल लगायतका नेता कार्यक्रर्ताको सहभागीता रहेको थियो ।

२ महिने संगठन सुद्धिकरण तथा जनसम्बन्ध विस्तार’ अभियान प्रभावकारी बनाईदै 

पार्टी कार्यकर्ताको गुनासो सुन्न र अन्तरक्रिया गर्नका लागि माओवादी केन्द्रले सञ्चालन गरेको २ महिने संगठन सुद्धिकरण तथा जनसम्बन्ध विस्तार’ अभियान बाँकेमा प्रभावकारी देखिएको छ ।

जिल्लाको आठवटै स्थानीय तह स्थित गाउँवस्तीमा माओवादी केन्द्रका प्रतिनिधिहरू खटिएका छन् ।यसअघि चुनावको बेलामा मात्रै नेता कार्यकर्ता गाउँबस्ती घुम्ने परिपाटी भएकोमा अहिले पार्टीले चलाएको यस अभियानले कार्यकर्तामा उत्साह पैदा गरेको नेकपा माओवादी केन्द्रका बाँके संयोजक नरेन्द्र पाण्डे (जेम्स )ले बताए ।
२ महिने संगठन सुद्धिकरण तथा जनसम्बन्ध विस्तार’ अभियानका लागि बाँकेमा केन्द्र प्रदेश तथा जिल्लाका जिम्मेवार नेताहरू खटिएको माओवादी केन्द्र बाँकेका सचिव दिल्ली प्रसाद बरालले जानकारी दिए । बाँकेको नेपालगन्ज उपमहानगरपालिका ,कोहलपुर नगरपालिका राप्तीसोनारी गाउँपालिका, बैजनाथ गाउँपालिका , जानकी गाउँपालिका बैठकहरु बसि अभियान लाई प्रभावकारी तरिकाले सञ्चालन गर्ने तयारी भई रहेको छ । । पार्टीको प्रभावलाई विस्तार गर्न तथा पार्टीलाई अनुशासित र एकताबद्ध बनाउन अभियानले राम्रो भूमिका खेल्ने माओवादी केन्द्रको विश्वास छ ।
अभियान अन्तरगत वस्तीस्तरका कार्यक्रम र भेलाहरूमा स्थानीयहरूले पार्टीका नेता कार्यकर्तालाई नियमित रूपमा जनतासँग सम्पर्कमा रहन सुझाव दिने गरेको माओवादी केन्द्र बाँकेका सचिव दिल्ली प्रसाद बरालले बताए ।

पार्टी सदस्यता नवीकरण, विस्तार तथा टोल कमिटीलाई चलायमान बनाउनका लागि अभियान बढी केन्द्रित रहेको जनाएको छ । जनस्तरमा प्रभावकारी देखिएको यो अभियान मार्फत समाजमा राम्रो सम्भावना भएका युवाहरू र सम्भावनायुक्त अन्य व्यक्तिहरूलाई पनि पार्टीमा सामेल हुन प्रेरित गर्ने गरेको जिल्ला सचिव बरालले जानकारी दिए ।

Nabintech