६ जेष्ठ २०८१, आईतवार
वसन्त कुँवर प्रहरी महानिरीक्षकमा बढुवा


काठमाडौँ / नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी ) मा अतिरिक्त महानिरीक्षक ९एआईजी० वसन्त कुँवर बढुवा भएका छन् । शुक्रबार अपरान्ह बसेको मन्त्रिपरिषद् बैठकले कुँवरलाई आईजीपीमा बढुवा गरेको हो । विसं २०४९ चैत ११ मा प्रहरी सेवा प्रवेश गरेका हालका आईजीपी धिरजप्रताप सिंह ३० वर्षे सेवाअवधिका कारण शनिबारबाट अनिवार्य अवकाशमा जाने भएपछि रिक्त स्थानमा कुँवरको बढुवा भएको हो ।

३० वर्षे सेवाअवधि हटाएर कार्यकाल लम्ब्याउन महानिरीक्षक सिंह र उनको ब्याचले प्रयास गरेको थियो । सेवा अवधि हटाउनु पर्ने बहस पनि लामै चलेको थियो । तर, सरकारले तत्काललाई अहिलेकै व्यवस्थालाई निरन्तरता दिएर प्रहरीमा नयाँ नेतृत्व चयन गरेको हो । यससँगै अघिल्लो टोली अवकाशमा गएको हो । रिक्त नेतृत्वमा कुँवर आएका हुन् ।

Nabintech