७ बैशाख २०८१, शुक्रबार
कोहलपुर गोल्डकपमा जनप्रतिनिधिलाई हराउँदै पत्रकारको टिम बिजयी


कोहलपुर  । बाँकेको कोहलपुरमा जारी प्रथम गोल्डकपमा पत्रकारको टिम बिजयी भएको छ । शुक्रबार कोहलपुरका जनप्रतिनिधिको टिमसँग भएको मैत्रिपूर्ण खेलमा ४ गोलले पत्रकारको टिम बिजयी भएको हो

टिमलाई जित दिलाउने क्रममा पत्रकार कुमार श्रेष्ठले २ र अशोक भण्डारीले १ गोल गरेका थिए । खेलको दोस्रो हाफमा पाएको पेनान्टी प्रहारलाई सदुपयोग गर्दै भगतराम थारुले थप १ गोल थपेपछि गोलसँख्या ४ पुगेको थियो ।

जनप्रतिनिधिहरुको टिमले भने निर्धारित समयसम्म गोल फर्काउन सकेन ।

Nabintech