१२ श्रावण २०८१, शनिबार
दुर्घटना न्यूनिकरण गर्नका लागि गुरुयोेजना बनाईने


दुर्घटना न्यूनिकरण गर्नका लागि गुरुयोेजना बनाएर अघि बढ्ने जिल्ला ट्राफिक कार्यालयका प्रमुख तिलक सुनारले बताएका छन् ।

सोमबार पत्रकार भेटघाट कार्यक्रममा बोल्दै प्रमुख सुनारले दुर्घटना न्यूनिकरण गर्नका लागि गुरु योजना बनाएरै अघि बढ्ने बताएका थिए ।

‘दुर्घटना न्यूनिकरण गर्नेका लागि मापासे चेकजाँच र कक्षा सञ्चालन समेत सञ्चालन हुनेछ,’ उनले भने, ‘बाँकेका पालिका अनुसार फरक फरक दिनमा चेकजाँच गर्नेछौं ।’ सो समयमा मापासे गरेका चालकहरुलाई कक्षा समेत सञ्चालन हुने ट्राफिक प्रमुख तिलक सुनारले बताए ।

उनले पत्रकार भेटघाटमा बाँकेका दुर्घटना न्यूनिकरणका लागि के कस्ता अभियानहरु सञ्चालन गर्न सकिन्छ  ? जस्ता विषयमा छलफल भएको थियो ।

हेडक्वाटरबाट सिधै जिल्ला ट्राफिक कार्यालय बाँकेको प्रमुख भएर आएका हुन्।

Nabintech