१२ श्रावण २०८१, शनिबार
माओवादी केन्द्र नेपालगन्ज उपमहानगरपालिले २ महिने अभियान चलाउने


नेपालगन्ज । नेकपा (माओवादी केन्द्र) नेपालगन्ज उपमहानगरपालिका कमिटीले उपमहानगरभित्र संगठन सुद्धिकरण अभियानलाई तिव्रताका साथ संचालनमा ल्याउने भन्दै दुई महिने संगठन विस्तार कार्यक्रमलाई अगाडि बढाएको छ ।

सोमबार नेपालगन्जमा बसेको माओवादी केन्द्रको उपमहानर कमिटीको विस्तारीत बैठकले दुई महिने अभियान अन्तर्गत विभिन्न कार्यक्रमहरु गर्ने निर्णहरु गर्दै ‘संगठन सुद्धिकरण तथा जनसम्बन्ध विस्तार’ अभियानलाई तिव्रताका साथ टोलटोलसम्म पुर्‍याउने कार्यक्रम तय गरेको नगर अध्यक्ष रतन शाहीले जानकारी गराउनु भयो ।

अध्यक्ष शाहीका अनुसार अभियानलाई सफल बनाउन विभिन्न नेताहरुको संयोजकत्वमा कार्यविभाजन गरिएको छ । जसअनुसार, वडा नम्बर १, २, ३, ४, ५ र ६ मा उपाध्यक्ष गोपाल पुन, वडा नम्बर ७, ८, ९, १०, ११ र १२ मा उपाध्यक्ष बसन्त मल्ल, वडा नम्बर १३, १४, १५, १६ र १७ मा अर्का उपाध्यक्ष तारा प्रसाद खत्री र वडा नम्बर १८, १९, २०, २१, २२ र २३ मा सचिव प्रेमबहादुर शाहको कमाण्ड रहने गरी कार्यविभाजन गरिएको हो ।

बैठकले राजनैतिक वैचारिक कार्यक्रम अन्तर्गत यहि चैत १२ गतेभित्र गठन गरिएका कमाण्ड, वडा कमिटी, जनवर्गिय संगठन मोर्चा तथा पेशागत संगठन विभागहरुका बैठक बसीसक्नु पर्ने निर्णय गरेको छ । अभियान अन्तर्गत विषयगत प्रशिक्षण तथा अन्तरक्रिया, शहिद परिवार, वेपत्ता परिवार, घाइते, पूर्व जनमुक्ति सेना, पुराना पार्टी कार्यकर्ताहरु संग भेटघाट तथा छलफल, पार्टी तथा जनवर्गिय संगठनका टोल तथा वडा कमिटीहरु गठन तथा पुनर्गठन लगायतका कार्यक्रम गरिने निर्णय गरेको अध्यक्ष शाहीले जानकारी दिनु भयो ।

बैठकलाई माओवादी केन्द्र लुम्बिनी प्रदेश कमिटीका सहसचिव अकलबहादुर बमले पालिका केन्द्रित भएर लाग्न निर्देशन दिनुभयो, जिल्ला संयोजक नरेन्द्र पाण्डे (जेम्स) ले अब संगठन निर्माण र जनताको सेवामा लाग्न निर्देशन दिनु भयो । अध्यन पाण्डेले भन्नुभयो,आ आफ्नो तरिकाले जनस्तरमा पुगेर काम गर्नुहोस् । तपाइँको कामको मुल्यांकन गरिने छ । अब पहिले गरेको हु, भनेर ब्याज खान पाइने जमाना गए । उपमहानगर समितिका सदस्यहरुले आ आफ्ना भनाइ राखेका थिए । सथै पदाधिकारी लगायतले रिपोर्टिङ गरेका थिए ।

Nabintech