२ जेष्ठ २०८१, बुधबार
दुधको मूल्य बृद्धि


बाँकेमा दुधको मूल्यमा बृद्धि भएकोछ ।जिल्ला दुग्ध व्यवसायी संघ बाँकेले शुक्रबारदेखि लागु हुने गरि दुध र दुग्धजन्य पदार्थको मूल्य बढाएको छ ।

संघले  एक सूचना जारी गरि बाँकेमा प्रतिलिटर दुधमा १५ रुपैयाँ बृद्धि गरेको छ । योसंगै बाँकेमा दुध र दुग्धजन्य पदार्थको मूल्य बढोत्तरी भएकोछ । अब बाँकेमा दुध र दुधबाट निमार्ण हुने बस्तुसमेतको मूल्य बढ्नेछ ।

बाँकेमा शुक्रबारदेखि लागु हुनेगरि होल दुधको मूल्य एक सय प्रतिलिटर, स्टेण्डर दुधको मूल्य ८६ रुपैयाँ प्रतिलिटर, सादा दही प्रतिलिटर एक सय ४० रुपैयाँ, मिठा दही प्रतिलिटर एक सय ६० रुपैयाँ, पनीर प्रतिकेजी ८ सय ५० र घ्यू प्रतिकेजी एक हजार ४ सय रुपैयाँ कायम गरिएको संघका अध्यक्ष दीपकराज भण्डारीले जानकारी दिएका छन् ।

उनका अनुसार दहि प्रतिबट्टाको प्रतिलिटर एक सय ८० र दहि प्रति कप (२५०) एमएल ५० र मिल्क बदाम (२५०) एमएल को ८० रुपैयाँ कायम गरिएको छ । त्यसैगरी क्रिम प्रतिकेजी ८ सय रुपैयाँ, खुवा प्रतिकेजी ८ सय ५०, छुर्पी प्रतिकेजी १२ सय रुपैयाँ, मही प्रतिकेजी ७० रुपैयाँ र नौनी प्रतिकेजी एक हजार एक सय ५० रुपैयाँ कायम गरिएको छ ।

सरकारले गत फागुन १९ गते निर्णय गर्दै दुधको मूल्य बृद्धि गरेको थियो । सरकारको सोही निर्णय अनुसार राष्ट्रिय दुग्ध विकास बोर्डले गत फागुन २५ गते कृषकहरुको दुग्ध उत्पादन सामाग्रीहरु, पशु आहारहरु, श्रमीक ज्याला, मुद्रास्फिर्ती तथा उद्योग व्यवसाय व्यवस्थापन लगायत उत्पादन लागतमा भएको मूल्य बृद्धिले गर्दा दुध र तथा दुग्धजन्य पदार्थको मूल्यमा पुनरावलोकन र समायोजन गर्ने जनाएको थियो ।

सोहीअनुरुप बाँकेमा पनि दुध र दुग्धजन्य पदार्थको मूल्य कायम गरिएको संघका अध्यक्ष भण्डारीले बताए ।

Nabintech