१३ बैशाख २०८१, बिहीबार
बागेश्वरी क्याम्पस कोहलपुरमा ईतिहास रच्ने दाउमा अखिल (क्रान्तिकारी)


बागेश्वरी बहुमुखि क्याम्पस  कोहलपुरमा चैत्र ५ गते हुने स्वतन्त्र बिद्यार्थी युनियनको चुनावमा अखिल (क्रान्तिकारी ) ले ईतिहास रच्ने दाउमा छ ।
हाल सम्म भएको स्वबियु निर्वाचनमा एमाले निकट अखिल र नेपाली काग्रेस निकट नेपाल बिद्यार्थी संघले मात्रै जित हासिल गरेको यस क्यापसमा यस पटक अखिल (क्रान्तिकारी)ले विजयको झण्डा पहराउदै ईतिहास रच्ने दाउमा रहेको अखिल क्रान्तिकारीका नेता राजेन्द्र बिष्टले बताए ।
क्याम्पसमा बिद्यार्थीका माझ उत्साह जनक तरिकाले आफ्नो चुनाबि अभियान लाई अगाडी बढाई रहेको भन्दै यस अघिको स्वबियु निर्वाचनमा दोस्रो भएको अखिल (क्रान्तिकारी ) यस पटक बिजयी हुनेमा ढुक्क रहेको उनले बताए । उनले यस अघि स्वतन्त्र बिद्यार्थी युनियनमा निर्वाचित भएकाहरुले बिद्यार्थीको पक्षमा कुनै काम नगरेकाले बिद्यार्थीले बिकल्पका रुपमा अखिल (क्रान्तिकारी ) ले अगाडी सारेका उम्मेदवारका पक्षमा बिद्यार्थीले बिबेकको मत दिने उनले बताए ।


अखिल (क्रान्तिकारी )का तर्फबाट अध्यक्षमा उम्मेदवार लक्ष्मण आचार्य मानवले आफुहरु स्वबियुका चुनाव जितेर नेता बन्ने भन्दा बिद्यार्थीको समस्याहरु समाधान गर्ने र क्यापसको शैक्षिक सुधरका लागी सेवकका रुपमा काम गर्ने भन्दै सहयोग गर्न आग्रह गरे ।
उनले आफु र आफ्नो टिमका सम्पुर्ण बिद्यार्थी क्यापसको नियमित बिद्यार्थी भएको र बिद्यार्थीका समस्याबारे आफु जानकार रहेकाले यसको समाधान गर्न आफु खरो उत्रने बताए ।
सचिवका उम्मेदवार दिपेन्द्र शाहीले स्वबियु लाई वास्तबिक स्वबियु बनाउन आफुहरु चुनाबि मैदानमा होमिएको धारणा राखे । उनले स्वबियु कोषमा पैसा थन्कने तर क्यापसमा ट्वाईलेटमा चुकुल समेत नुहनु दुखद भएको भन्दै स्वबियुका पदाधिकारीहरु राजनिती गर्ने भन्दा बिद्यार्थीको सहयोगी बन्नु पर्ने धारणा राखे ।
आफुहरु नियमित बिद्यार्थी हुनुका नातले बिद्याथी माझ लोकप्रिय रहेको र जित सुनिश्चित रहेको उनको भनाई छ ।
अखिल क्रान्तिकारीका तर्फबाट बागेश्वरी क्यापसमा अध्यक्षमा लक्ष्मण आचार्य मानव , सचिवमा दिपेन्द्र शाही , कोषाध्यक्षमा शान्ति बि.क. , सदस्यहरुमा प्रेम शाही , शान्ति सुनार , सम्झना शाह , सुर्य तिवारी रहेका छन ।

बागेश्वरी क्याम्पसमा अखिल (क्रान्तिकारी ) सहित आखिल र नेपाल बिद्यार्थी संघ प्यानल सहित चुनाबि मैदानमा छन ।

Nabintech