७ बैशाख २०८१, शुक्रबार
सिक्टा नहर भत्किनुको कारण घुलनशील माटो भएको विशेष अदालतको ठहर


विशेष अदालतले सिक्टा सिँचाइ आयोजनामा ठेकेदार र कर्मचारीको बदनियतका कारण नभई कमशल माटोका कारण नहर भत्केको ठहर गरेको छ ।

विशेषले ५ असार २०७९ मा गरेको फैसलाको पूर्णपाठ हालै सार्वजनिक गर्दै घुलनशील माटोका कारण नहर भत्केकाले निर्माणमा संलग्नहरुको कुनै दोष नभएको निष्कर्ष निकालेको हो ।

फैसलामा भनिएको छ, ‘प्रतिवादीहरुले मिलेमतो गरी आफूहरुलाई फाइदा र सरकारलाई हानी नोक्सानी पु¥याउने बदनियतले नहरको डिजाइन र निर्माण गरी भ्रष्टाचार गरेको भन्ने दावी पुष्टि हुन नसकेकाले आरोपितहरुले सफाइ पाउने ठहर्छ ।’
विशेष अदालतले सिक्टाको मूल नहरको डिजाइनमा त्रुटि पनि नदेखिएको बताएको छ । ‘…उक्त क्षेत्रमा रहेको घुलनशील माटोको कारणले भएको भन्ने सम्बन्धित बिषयका विज्ञहरूको स्थलगत अध्ययन प्रतिवेदनहरू र अदालतमा गरेको वकपत्र समेतबाट देखियो’ पूर्णपाठमा भनिएको छ ।

Nabintech