राप्तिसोनारी । बाँकेको राप्ति नदीमा डुबेर एक महिलाको मृत्यु भएको छ । तीन दिन देखि हराईरहेकी राप्तिसोनारी गाँउपालिका २ माथेबासकी स्थायी बासीन्दा भिमा खत्रीको शव मंगलबार राप्ती नदिमा फेला परेको हो ।
आईतबार दिउँसो गाईवस्तुलाई पानी खुवाउन भनि घरबाट निस्कीएकी खत्री एकाएक हराएकी थिईन । हराएको ३ दिनपछि उनको शव राप्ती नदिमा डुबेको अवस्थामा भेटिएको हो । मृतक खत्रीकी आमा गोकला खत्रीका अनुसार उनि मानसिक रुपमा समेत अस्वस्थ थिईन ।
खत्रीको शवलाई पोस्टमार्टमकालागि भेरी अस्पताल नेपालगन्ज पठाईएको ईलाका प्रहरी कार्यालय धामपुरका प्रहरी नायव निरीक्षक प्रबिण डि.सि.ले जानकारी दिए ।