४ बैशाख २०८१, मंगलवार
प्रेस सेन्टर बाँकेको अध्यक्षमा आचार्य निर्वाचित


नेपालगन्ज । प्रेस सेन्टर नेपाल बाँकेको अध्यक्षमा राजेश आचार्य निर्वाचित भएका छन । आइतबार नेपालगन्जमा सम्पन्न साधारणसभा तथा विशेष अधिवेशनबाट जिल्ला नेतृत्व परिवर्तन भएको हो ।

विशेष अधिवेशनले निवर्तमान बरिस्ठ उपाध्यक्ष राजेश आचार्यलाई अध्यक्षको जिम्मेवारी सुम्पेको छ । जसको वरिष्ठ उपाध्यक्षमा सङ्गिन शर्मा समाबेशि उपाध्यक्षमा सीता वली, सचिबमा केपी घिमिरे, सहसचिवमा डिल्ली शाही र तिलक नेपाली तथा कोषाध्यक्षमा अनिता बिक चयन भएका छन ।

त्यसैगरी, सदस्यहरूमा क्रमशः निरज सिंह, सन्तोष बिष्ट, कल्पना शाही, अरशद अली रंगरेज, युसुफ अन्सारी, ममता खड्का, इन्द्र चौधरी, खिम प्रसाद डीसी, कृष्ण उपाध्यक्ष र अनिश शाह रहेका छन ।

Nabintech