१४ बैशाख २०८१, शुक्रबार
कोहलपुरमा एक करोडको लगानीमा घैंटो डि.लाउण्ज सञ्चालनमा आउँदै


बाँकेको कोहलपुर नगरपालिका ११ मा एक करोडको लगानीमा घैँटो डि. लाउण्ज सञ्चालनमा आउन लागेको छ ।

शुक्रबार पत्रकार सम्मेलन गर्दै नेपालगञ्ज मेडिकल कलेजको पूर्वगेट नजिकै एक करोडको लगानीमा घैँटो डि। लाउण्ज एण्ड बार सञ्चालनमा आउन लागेको सञ्चालक सदस्य खेमराज शर्माले जानकारी दिए ।

उनका अनुसार पाँच जनाको पार्टनरसिपमा १ करोडको थप लगानीमा सञ्चालन ल्याइएको जानकारी दिए ।

घैँटो डि। लाउण्ज एण्ड बारमा थकाली, लेकाली खाना, दोहोरी साँझ, स्नुकर हाउस क्याफ एण्ड रेष्ट्ररेन्ट सम्बन्धीका सेवाहरु दिइरहेको र ४० जना कर्मचारीलाइ रोजगारी दिइएको सञ्चालक सदस्य शर्माले जानकारी दिएका थिए ।

यस्तै घैँटो डि। लाउण्ज एण्ड बारका सञ्चालक सदस्य रुद्र प्रसाद खनालले दोहोरी साँझमा स्थानिय कलाकारहरुलाई प्रमुख प्रथामिकता दिएको जानकारी दिए ।

रुद्र प्रसाद खनाल, खेमराज शर्मा, लक्ष्मण पौडेल, रन्जित वलि, र सन्दिप बानियाको संयुक्त लगानीमा घैँटो डि। लाउण्ज एण्ड बार सञ्चालन गरेका हुन् ।

भोली विहान ९ बजे उद्घाटन हुनेछ । उद्घाटन कोहलपुर नगरपालिका प्रमुख पूर्ण प्रसाद आचार्यले गर्ने सञ्चालक समितिका संजित बानियाले जानकारी दिएका छन् ।

 

Nabintech