१५ चैत्र २०८०, बिहीबार
 कोहलपुरमा उपमेयर कप छात्रा क्रीकेट प्रतियोगिता सुरु


कोहलपुर / ५औ अन्तर माध्यमिक विद्यालय स्तरीय उपमेयर कप छात्रा क्रिकेट प्रतियोगीता २०७९ कोहलपुर नगरपालिकाको क्रिकेट मैदानमा विभिन्न बिधालयका भाईबहिनिहरुको मार्चपास प्रदर्शन सहित सुरु भएको हो। बिहीबार देखि सुरु भएको प्रतियोगीता माघ २८ गते (तीन) दिनसम्म संचालन हुनेछ। क्रिकेट प्रतियोगीता २०७९ को उद्घाटन कोहलपुर नगरपालिका प्रमुख पूर्ण प्रसाद आचार्य तथा उपप्रमुख संगीता सुवेदीले खेलमैदानमा गैइ खेलाडीहरुको हौसला प्रदान गर्दै बलिङ र व्याटिङ गरेर सुरुवात गरेका छन् ।

उपप्रमुख सुवेदीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा प्रमुख अथिती नगर प्रमुख आचार्यले बाँके जिल्लाको कोहलपुर बाटै क्रीकेटको उदय भएको र बाँके जिल्लामा महिला क्रिकेटको इतिहास उत्कृष्ठ रहेको बताएका छन् । उनले बाँकेका महिला क्रिकेटरले राष्ट्रिय खेल खेलिसकेको हुँदा यस विषयमा गर्व गर्नुपर्ने बताए भने अर्को तर्फ कोहलपुर नगरपालिका भित्र यति धेरै बिधालय हुँदा जम्मा १० वटा बिधालयले मात्र प्रतियोगितामा भाग लिएकोमा गुनासो समेत व्यक्त गरे । उनले विगतका वर्षहरुदेखि नै कोहलपुर नगरपालिकाले महिलाहरुको क्रिकेटमा सहभागि गराउँन रचनात्मक खेल संचालन गर्दै आएको र आगामी दिनहरुमा खेलाडीहरुलाई प्रोत्साहित गर्न विभिन्न किसिमका प्रतियोगिता राखिने बताए । यस्तै कार्यक्रमका अतिथि पूर्व क्रिकेट कप्तान एल बि क्षेत्रीले कोहलपुर नगरपालिकाले आयोजना गरेको छात्रा क्रिकेट प्रति खुशी व्यक्त गरे ।

महिलाहरुलाई क्रिकेट प्रति आकर्षित गर्न तथा प्रेरणा दिने कोहलपुर नगरपालिकाको यो काम प्रशंनिय रहेको बताए। क्रीकेट खेल आफैमा अरु भन्दा कठिन खेल खेल्ने अनि हेर्ने ले झट्ट नबुझ्ने हुदा खेलाडिहरुलाई एकै पटक प्रतियोगितामा उतार्न भन्दा उनिहरुलाई बेला बेला प्रशिक्षण दिनु पर्ने भन्दै सहभागी बिधालयका प्रधानाध्यापकहरुलाई आग्रह समेत गरेका छन् । उद्घाटन कार्यक्रमको समापन गर्दै कार्यक्रममा अध्यक्षता गरेकी उपप्रमुख सुवेदीले” राष्ट्रका लागि खेल स्वास्थका लागि खेल “भन्ने नारालाई कोहलपुर नगरपालिकाले आत्मसाथ गर्दै बिगत केही बर्षदेखी उप मेयर कप क्रीकेट प्रतियोगिता आयोजना गरेको बताइन् । उनले क्रीकेटमा महिलाहरुको सहभागिता बढाउन तथा उनिहरुलाई क्रीकेट मात्र नभैइ अन्य बिधाका खेलहरुमा प्रेरित गर्न आफू सधै लागि पर्ने बताईन् ।

कार्यक्रममा नगर खेलकुद विकास समितिका अध्यक्ष बुद्धि बहादुर थापा नगर शिक्षा शाखा प्रमुख राम बहादुर हमाल र कोहलपुर नगरपालिका भित्रका सरकारी र निजि बिधालयका प्रधानाध्यापक शिक्षक लगायत यस क्षेत्रका खेलप्रेमी व्यक्तिहरुको उत्साहजनक सहभागिता रहेको थियो । उद्घाटन सत्रको दिन कोहलपुर वडा नम्बर ३ मा रहेको कोहलपुर बागेश्वरी स्कुल र कोहलपुर १२ मा रहेको ज्ञानज्योति मा.वि. चप्परगौढी बिच पहिलो खेल भएको हो । ज्ञान ज्योति मा.वि. चपरगौडिले टस जितेर पहिले व्याटिङ गरेको थियो ।प्रतियोगितामा नगरपालिका भित्रका सरकारी र निजि गरि १० वटा बिधालयहरुले सहभागिता जनाएका छन्

 

Nabintech