८ बैशाख २०८१, शनिबार
२७ औं जनयुद्ध दिवसका अवसरमा माओवादी कोहलपुर द्धारा रक्तदान


२७ औ जनयुद्ध दिवसको अवसर पारेर नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) कोहलपुरले रक्तदान कार्यक्रमको आयोजना गर्ने भएको छ । माओवादी केन्द्र कोहलपुरका अध्यक्ष अवराज खड्काले २७ औ जनयुद्ध दिवको अवसर पारेर फागुन १ गते नगर पार्टी कार्यालय नगर स्मृती भवनमा रक्तदान कार्यक्रमको आयोजना गरिने जानकारी दिए ।
रक्तदानका साथ साथै शुभकामना आदान प्रदान र सहिद परिवारहरु लाई सम्मान कार्यक्रम पनि आयोजना गरिने उनको भनाई छ ।
माओवादी केन्द्र कोहलपुरले जनयुद्ध दिवनको अवसर परेर प्रत्येक बर्ष रक्त दान कार्यक्रमको आयोजन गदै आएको छ ।
रक्तदान कार्यक्रममा सहभागिताका लागी आम पार्टी नेता कार्यक्रर्ता सुबेच्छुक र कोहलपुर बासी लाई आग्रह गरेका छन ।

Nabintech