६ बैशाख २०८१, बिहीबार
श्रीमान द्धारा जलाईएकी गंगाको उपाचारका लागी डा. प्रबिण योगी को ७० हजार सहयोग

मेची महाकाली बुहारी आवाज बाँकेद्धारा सहयोग अभियान सुरु



श्रीमान द्धारा पेट्रोल छर्केर आगो लगाउँदा जलेर घाईते भएकी कोहलपुरकी गंगा बिक लाई उपचार सहयोग जुटने क्रम सुरु भएको छ । मेची महाकाली बुहारी सयुक्त आवाज बाँकेको समन्वय सुरु भएको उपचार सहयोग अभियानमा नेपालगंजका बरिष्ट स्त्रिरोग बिशेषज्ञ डा. प्रबिण योगीले ७० हजार उपचार सहयोग गरेका हुन ।
स्वर्गिय बुवा बोधी लाल योगीको नाममा डा. योगीले आफुनो व्यक्तिगत तर्फबाट ५० हजार र आफुले संचालन गरेका स्वाथ्य प्रतिष्ठानहरु बाट २० हजार गरी ७० हजार सहयोग रकम हस्तान्तरण गरेका हुन ।
डा योगीले आफुले सञ्चालन गरेका स्वाथ्य प्रतिष्ठानहरु बासुकी स्वास्थ क्लिनिकका तर्फबाट ५ हजार ,बासुकी फार्मेसीका तर्फबाट ५ हजार ,बासुकी अल्ट्रासाउन्ड एण्ड डाईनोष्टिक सेन्टरका तर्फबाट ५ हजार र बासुकी क्लिनिक ल्याबरोटरी का तर्फबाट ५ हजार सहयोग गरेका हुन ।


डा. योगीले उपचार सहयोग रकम मेचि महाकाली बुहारी सयुक्त आवाज बाँकेको अध्यक्ष उर्मिला अधिकारी पाण्डे , सचिव प्रमिला शाही र कोषाध्यक्ष प्रेमिका शाही लाई हस्तान्तरण गरेका थिए ।
गएको आईतवार कोहलपुर नगरपालिका वडा नं २ का भानुभक्त विकले २६ वर्षीय पत्नी गंगा र दुई वर्षीय छोरा प्रिन्सलाई पेट्रोल छर्केर आगो लगाएका थिए ।
आगोले जलेर घाइते भएका प्रिन्सको गएको सोमबार मृत्यु भइसकेको छ । गंगालाई थप उपचारका लागि मंगलबार दिउँसो काठमाडौं लगिएको छ ।
चिकित्सकहरुका अनुसार घाँटी, ढाडसहित शरीरको १८ प्रतिशत भाग जलेको छ ।
पत्नी र छोरालाई आगो लगाउने विकलाई पक्राउ गरेर प्रहरीले कारबाही प्रक्रिया अघि बढाएको छ ।
काठमाण्डौमा उपचार अभाव हुन नदिन आफुहरुले सहयोग अभियान सञ्चालन गरेको बताउदै अध्यक्ष अधिकारीले उपचार सहयोग अभियानमा सहयोग गर्न सबैलाई अपिल गरिन । मेचि महाकाली बुहारी सयुक्त आवाज बाँकेको निरन्तर खवरदारी पछि जलेर घाईते भएकी गंगा लाई थप उपचारका लागी काठमाण्डौ पठाईएको हो ।

सहयोगका लागी मेची महाकाली बुहारी आवाजको टोलीले डा. योगीको परिवार लाई धन्यवाद दिएको थियो ।

Nabintech