११ बैशाख २०८१, मंगलवार
प्रेस चौतारी स्थापना दिवसमा मैत्रीपूर्ण फुटसल


बाँके / नेपालगञ्जमा पत्रकार महिला र शिक्षिकाहरु बिच मैत्रीपूर्ण फुटसल प्रतियोगिता सम्प भएको छ । शनिबार प्रेस चौतारी नेपालको २५ औं स्थापना दिवसका अवसरमा प्रेस चौतारी नेपाल बाँकेको आयोजना र होप इन्टरनेशनल एकेडेमीको सहकार्यमा पत्रकार महिला र शिक्षिकाहरु बिच मैत्रीपूर्ण फुटसल प्रतियोगिता सम्पन्न भएको हो ।

फुटसल प्रतियोगितामा पत्रकार महिलाको टिम विजयी भएको हो बाँके जिल्लाका विभिन्न मिडियाहरुमा आवद्ध रहेर काम गर्दै आएका क्रियाशिल पत्रकार महिला र होप इन्टरनेशनल एकेडेमी नेपालगञ्जका शिक्षिकाहरु बिच भएको मैत्रीपूर्ण फुटसल प्रतियोगितामा १–० को गोल अन्तरले पत्रकार महिलाको टिमले विजयी भएको हो । पत्रकार महिलाको तर्फबाट पबित्रा परियारले क्याप्टन रेजिना मल्ललाई बल पास गर्दै मल्लले १ गोल गरेकि हुन् ।
प्रेस चौतारी बाँकेका अध्यक्ष दुर्गा रोकायले प्रेस चौतारीको स्थापना दिवसको अवसर पारेर देशभर बिभिन्न कार्यक्रम गरि स्थापना दिवस मनाउन लागिएको बताए । उनले खेलकुद स्वास्थको लागि अति नै आवस्यक भएको हुँदा पत्रकार खेलकुद कार्यक्रम संचालन गरिएको बताएका हुन् ।

यस्तै प्रतियोगितामा सचिब कमल डाँगी, संस्थापक उपाध्यक्ष शिव डोटेल, केन्द्रिय सदस्य बिश्वराज पछलङ्या , अक्षरी पोख्रेल, केन्द्रिय सदस्य तथा बाँके जिल्ला इन्चार्ज भेषराज बस्नेत, प्रेस चौतारी अनुसाशन आयोगका सदस्य बिष्णु बेलवासे, प्रेस चौतारी नेपाल निर्वाचन आयोगका सचिब गोबिन्द शर्मा, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश सदस्य सरला सुवेदी, नेपाल पत्रकार महासंघ बाँकेका उपाध्यक्ष करुणा शाह, प्रेस चौतारी प्रदेश उपाध्यक्ष लक्ष्मी तिमिल्सिना, होप इन्टरनेशनल एकेडेमीका प्रिन्सीपल केशवा रेग्मी, बिद्यालयका संस्थापक अध्यक्ष सुरेश गौतम लगायत विभिन्न मिडियामा आवद्द पत्रकारहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।

Nabintech