१६ चैत्र २०८०, शुक्रबार
कोहलपुरमा आयोजना हुने ‘प्रादेशिक महोत्सव’मा स्थानिय उत्पादन लाई प्राथमिकता दिईने


कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मण राज पौडेलले फागुन ५ गतेदेखी कोहलपुरमा आयोजना गरिने महोत्सवमा स्थानिय कला, संस्कृतीका साथै स्थानिय उत्पादनलाई प्राथमिकतामा राखिने बताएका छन ।
कोरोना महामारीपछि बिश्व व्यापी आर्थिक मन्दीका बिचमा कोहलपुर उद्योग वाणिज्य संघले फागुन ५ गतेदेखि १५ गतेसम्म ‘लुम्बिनी प्रादेशिक महोत्सव २०७९’ संचालन गर्न लागेको हो ।
महोत्सव आयोजक मूल समारोह समिति संयोजक एवं कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष पौडेलले वाणिज्य संघको बहु आयामिक भवन निर्माणार्थ संचालन गर्न लागिएको महोत्सवमा २ सय ५० बढी स्टलहरु रहने र करिब तिन लाख बढीले अवलोकन गर्ने आयोजकको अनुमान गरिएको बताए ।
महोत्वसमा स्थानिय उत्पादन बिक्रि गर्नका लागी स्टल चार्जमा २० प्रतिसत छुट दिने बताउदै स्कुले बिद्यार्थी लाई बिहान १० बजे देखि १२ सम्म निशुल्क अवलोकनको व्यवस्था मिलाईएको जानकारी दिए ।
सदस्यता नबिकरण गरेका संघका सदस्य लाई समेत कार्डका आधारमा निशुल्क महोत्वस अवलोकन गर्न दिईने उनले बताए ।
कोहलपुरको पहिचान दिने स्थानिय बस्तु र उत्पादन प्रद्र्धशनीका लागी अनि न्युन शुल्कमा स्टल उपलब्ध गराईने बरिष्ट उपाध्यक्ष प्रदिप भटराईले जानकारी दिए ।

Nabintech