१३ बैशाख २०८१, बिहीबार
मिडियाकर्मी र स्वास्थकर्मिको सम्बन्ध सुमधुर हुनुपर्ने भन्दै स्वास्थ प्रवर्द्धन सम्बन्धि पैरवी कार्यक्रम


 मिडियाकर्मी र स्वास्थकर्मिहरुका लागि स्वास्थ प्रवर्द्धन सेवा सम्बन्धि पैरवी कार्यक्रम कोहलपुर नगरपालिकामा सम्पन्न भएको छ।

शुक्रबार स्वास्थ निर्देशनालय लुम्बिनी प्रदेशको आयोजनामा कोहलपुरमा कार्यक्रम गरिएको हो। कार्यक्रममा बोल्दै स्वास्थ्य निर्देशनालय लुम्बिनी प्रदेशका स्वास्थ्य सेवा निर्देशक भरत बहादुर कुँवरले मिडियाकर्मी मार्फत उपलब्ध स्वास्थ्य सेवाबारे आम नागरिकलाई सत्यतथ्य सूचना सम्प्रेषणका लागि स्वास्थ्य प्रबर्द्धन सेवा सम्बन्धी पैरवी कार्यक्रम आयोजना गरिएको बताउदै स्वास्थ सम्बन्धि सत्य तथ्य कुरा मात्र जनतासामु सम्प्रेषण गर्न आग्रह गरेका छन् ।

उनले डाक्टरको भन्दानी पत्रकारले लेखेका कुरामा आम जनताले झट्ट बिश्वास गर्ने अनि त्यसैका पछि आम जनता लाग्ने हुँदा सर्वसाधारण माझ भ्रमित हुने र स्वास्थ सङ्ग प्रत्यक्ष जोडिएको कुरा हावादारी भरमा नलेखी सहि सत्यतथ्य कुरा सर्वसाधारण माझ पुर्याउन कार्यक्रममा उपस्थित भएका मिडियाकर्मीलाई आग्रह समेत गरेका छन् । उनले शारीरिक, मानसिक, भावानात्मक तथा सामाजिकरुपमा तदुरुस्त भएमा मात्र मानिस स्वस्थ रहने बताए । उनले अहिले सम्म उपचरात्मक सेवालाई जोड दिदै आइएको भएपनि अब भने स्वास्थ्य प्रबर्द्धन सेवालाई प्राथमिकतामा राखिने बताए ।

कार्यक्रममा कोहलपुर नगर स्वास्थ्य शाखा प्रमुख अनिल सेन ठकुरीले कार्यक्रमको उदेश्यबारेमा जानकारी दिदैं हालसम्म स्वास्थ्य शाखामार्फत भए गरेका कामहरुको बारेमा जानकारी गराएका थिए । उनले कोहलपुरमा रहेका स्वास्थ्य संस्थाहरुको संख्या र अवस्था, खोप, पोषण, सुरक्षित मातृत्व कार्यक्रम, परिवार नियोजन कार्यक्रम, दादुरा–रुबेलाको वर्तमान अवस्था लगायतका बारेमा गरिएको चेकजाँच, विद्यार्थी लक्षित दादुरा–रुवेला खोप, औषधी व्यवस्थापन लगायतका कामहरु शाखा मार्फत भैरहेको बताए ।कोहलपुर नगरपालिका स्वास्थ शाखाबाट भएका स्वास्थ सम्बन्धिका सेवा र सचेतनाका कार्यक्रम बारे नगर स्वास्थ प्रमुख अनिल सेन ठकुरिले प्रष्ट पारेका थिए। मिडियाकर्मी र स्वास्थकर्मिहरु बिचको सम्बन्धलाई नजिक ल्याउन जरुरी रहेको भन्दै २०७४ पछि २०७९ मा दोस्रो पटक मिडियाकर्मी र स्वास्थकर्मिलाई सङ्गै राखेर कार्यक्रम गरिएको उनले बताएका छन् । कार्यक्रम कोहलपुर नगरपालिकाका कार्यपालिका सदस्य एवम् सामाजिक बिकास संयोजक इस्वरी प्रसाद बिकको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रमका अध्यक्ष बिकले मिडियाकर्मिले नगर भित्र भएका अन्य गतिविधि सङ्गै स्वास्थ क्षेत्रको गतिविधिहरु जस्ताको त्यस्तै आम समुदाय माझ पुर्याइदिनु पर्ने र मिडियकर्मी र स्वास्थकर्मिको सम्बन्ध नङ र मासु जस्तै रहनुपर्ने बताएका छन् ।

सहभागी सबैको राम्रो नराम्रो गुनासा सुनिसकेपछी उनले कार्यपालिकाको बैठक बसि सबै समस्याको समाधान गर्ने जानकारी समेत गराएका छन् । उनले मानव जिवनमा स्वास्थ्य पहिलो प्राथमिकतामा पर्ने भएकाले सबै सरोकारवाला निकाय संवेदनशील हुनुपर्ने बताएका छन् । । कार्यक्रममा सहभागि पत्रकारहरुले नगर स्वास्थ्यले पत्रकारिता क्षेत्रलाई समेट्न नसकेको गुनासो पोखेका छन् । कोहलपुरमा आवश्यकता अनुसारको जनशक्ति कम हुनु, दरबन्दी अनुसारका स्वास्थ्यकर्मी र कर्मचारी अभाव, उपकरणको अभाव, औषधिको अभाव, आयुर्वेदिक औषधालयका समस्या तथा एम्बुलेन्स समस्या लगायतका कुरा स्वास्थ्य क्षेत्रले भोेगीरहेको बारेमा जिज्ञासा राखेका थिए । उनीहरुले स्वास्थ्य शाखा र संचारमाध्यमको सम्बन्ध समधुर हुनुपर्नेमा जोड दिदै कोहलपुर नगर स्वास्थ्य शाखा संचार मैत्री हुन सुझाव समेत दिएका छन् ।

यस्तै कार्यक्रममा कोहलपुर नगरपालिकाका स्वास्थ्य शाखाका स्वास्थ्यकर्मीहरुले जस्तो सुकै अप्ठ्यारोहरुमा पनि आफूले सेवाग्राहीलाई गुणस्तरीय सेवा दिईरहेको बताए। कार्यक्रममा वडा नम्बर ७ का शहरी स्वास्थ्य केन्द्र प्रमुख सुधन बुढाथोकीले सबै बिरामीलाई समान तरिकाले उपचार गर्दै आएको बताए । बुढाथोकीले स्वास्थ्य केन्द्रमा नभएको औषधी लगायतका कुनै सामाग्री विपन्न व्यक्तिलाई आफैले किनेर दिएको अनुभव सुनाएका थिए । कार्यक्रममा रझेना स्वास्थ चौकी शाखाकि लोकमाया भारती लगायत नगरभित्रका सबै स्वास्थ शाखा प्रमुखहरुको उपस्थिति रहेको थियो।

Nabintech