७ बैशाख २०८१, शुक्रबार
आर्थिक मन्दीको समयमा कोहलपुरमा मेला लगाउनु ठिक कि बेठीक ?


कोहलपुरमा आयोजना गर्न लागिएको लुम्बिनी प्रदेशीक महोत्सवले यस क्षेत्रको व्यवसायीको हित नगर्ने कोहलपुर क्षेत्रका अगुवा व्यवसायीहरुले बताएका छन ।
कोहलपुर उद्योग बाणिज्य संघले यहि फागुन ५ देखि १३ गते सम्म कोहलपुर ११ को न्युरोड मैदानमा लुम्बिनी प्रदेशीक महोत्सव २०७९ सञ्चालन गर्ने तयारी गरिरहेको छ ।
कोहलपुर उद्योग बाणिज्य संघको बहुउद्देशीय भवन निर्माणार्थ भन्दै मेला तथा महोत्सव लगाउन लागिएको भएपनि यस मेलाले कोहलपुर क्षेत्रका व्यवसायीको हित नगर्नेमा उनिहरु एक मत छन ।
उद्योग व्यापार संघ कोहलपुरका अध्यक्ष बिष्णु प्रसाद खनालले आर्थिक मन्दीका कारण दैनिक व्यवसायीहरु आत्महत्या गरिरहेको अवस्थामा जुनसुकै बहाना बनाएर भएपनि मेला लगाउनु गलत भएको बताए ।
बैक र बित्तिय संस्थाका कारण व्यवसायीमा परेको मर्काका विषयमा शसक्त आन्दोलनका तयारी गनु पर्ने बेलामा मेलाका औचित्य नभएको बताए ।
कोहलपुर उद्योग बाणिज्य संघको नेतृत्वमा हाल सम्म ५ वडा मेला सञ्चालन भई सकेका छन । हरेक पटक संघको बहुआयामिक भवन निर्माण गर्ने उदेश्य राखिने भएपनि उपलब्धी सुन्य छ । हाल सो भवनको जंग मात्रै भर्ने काम भएको छ । सञ्चालित मेला तथा महोत्वसवको हिसाव सार्वजनिक गर्ने गरिएको छैन ।
कोहलपुरका अगुवा व्यवसायी पोष्ट राज भुषालले बिश्वव्यापी आर्थिक मन्दी भई रहेको बेलामा कोहलपुर क्षेत्रका व्यवसायीले बैकको किस्ता होईन घरभाडा समेत तिर्न मुश्किल भई रहेको अहिलेको अवस्थामा मेला तथा महोत्सव लगाउन नहुने सुझाव दिए ।
मेला तथा महोत्वस पछि यस क्षेत्रबाट ३ देखि ५ करोड अन्यत्र जिल्ला वा भारतीय व्यवसायीले बाल उद्यायन पिङ, भुला आदि वापत लैजाने उनले बताए ।
व्यवसायीको हितका लागी निर्माण भएको संस्थाले स्थानिय व्यवसायिको हितका लागि अहिले मेला लगाउन नहुने बताए । बिगतको समान्य अवस्थामा आफुले पनि यस क्षेत्रको पहिचानका लागी मेला लगाउन सहयोग गर्दै आएको भएपनि अहिले त्यस्तो अवस्था नरहेको उनको भनाई छ ।
मेला महोत्सवमा मुख्य रुपमा भारतिय व्यवसायीले सञ्चालन गर्ने पिङ, बाल उद्यान , र कोहलपुर भन्दा बाहिरका व्यवसायीले सञ्चालन गर्ने स्टलहरु मुख्य आर्थिक कारोवार हुने स्थान हुन । स्थानिय उद्योगी व्यवसायीको प्रबद्धन गर्न नबेको संस्थाले आर्थिक मन्दीको यो अवास्थामा यस्ता गतिबिधी गनुले के स्थानिय व्यवसयाीको हित गर्छ सोचनिय बिषय बनेको छ ।
कोहलपुरका अगुवा व्यवासयी एक नारायण चापागाईले मेला तथा महोत्वस स्थानिय व्यापारीको हितमा नभएको बताए । उनले बाहिर जिल्लाका व्यवसायी लाई मोटाउने गरि कोहलपुरमा मेला लगाउन नहुने बताए । उनले कोहलपुर उद्योग बाणिज्य संघका बहु आयामिक भवन निर्माणका यस क्षेत्रका उद्योगि व्यवसायी संग स्वच्छीक चन्दा उठाउन पनि सुझाव दिए ।
कपडा व्यवसायी संघका महासचिव गोपाल प्रसाद अधिकारीले कोहलपुरमा लाग्ने मेला तथा महोत्सव कोहलपुरका व्यवसायीको हित नगर्ने बताए ।उनले मेलाका कारण सबैभन्दा बढि कपडा व्यवसायी लाई समस्या पर्ने धारणा राखे । उनले सामान्य अवस्थामा भए बेग्लै कुरा हो हालको अवस्थामा मेलाको औचित्य र आवश्यकता नरहेको बताए ।
कोहलपुर उद्योग बाणिज्य संघका अध्यक्ष लक्ष्मण राज पौडेलले बिगतमा लगाउदै आएको मेलाको निरन्तरताका लागि मेला लगाईएको बताए । उनले संघको अधुरो रहेको बहुआयामिक भवन निर्माणलाई पुर्णता दिन महोत्सवको आयोजना गर्न लागीएको जानकारी दिए । कोहलपुरलाई पहिचान दिन आयोजना गर्न लागीएको महोत्सव सफल बनाउन सबै क्षेत्रले सहयोग गर्ने प्रतिबद्धता जनाएको उनको भनाई छ । मेलाको उदेश्य बारे १/२ दिनमा पत्रकार सम्मेलन गरेर थप कुरा सार्वजनिक गरिने उनको भनाई छ ।

मेला बारे के भन्छन कोहलपुरका मुख्य राजनीतिक दलहरु :

बिरेन्द्र शाह सभापति नेपाली काग्रेस 

मेला लागउने नलगाउने बिषयमा कोहलपुर नगरपालिकामा सर्बदलिय छलफल भएको थियो । सो बैठकमा दलहरुले विभिन्न कुराहरु राखे पनि मेला लगाउन दलहरुले सहयोग गर्ने सर्बदलिय निर्णय भएको छ । नेपाली काग्रेसले सोहि निर्णय अनुसार सहयोग गर्छ ।

नम प्रसाद शर्मा कार्यवाहाक अध्यक्ष नेकपा एमाले 

समान्य अवस्था भएको भए मेला मनोरन्जन र उत्पादन चिनाउनका लागी लगाउनु ठिकै हो । अहिले अवस्था जटिल छ । व्यवसायी र आम मानिसका जिवन कष्टकर छ । यो अवस्थामा मेला नलगाउन सुझाव दिएका थियौ । एउटा सर्बदलिय छलफल समेत भएको थियो त्यसमा पनि मैले हाम्रो पार्टीका तर्फबाट यस कुरा राखेको थिए । अहिलेको अवस्थामा लगाउने मेलाले यस क्षेत्रमा नकारात्क असर पर्नेछ । मेला लगाउने नलगाउने बाणिज्य संघ र कोहलपुर नगरपालिकाको कुरा हो ।

अवराज खड्का नगर अध्यक्ष नेकपा माओवादी केन्द्र 

अहिलेको अवस्थामा मेला लगाउन हुदैन भन्ने सुझाव दिएका थियौ । आम मानिस र व्यवसायीको अवस्था ठिक छैन । आर्थिक मन्दीले व्यवसायी व्यवसाय छोडने अवस्थामा पुगेका छन । तसर्थ अहिले मेला नलगाउ भन्ने मेरो सुझाव थियो । मेला महोत्वस स्थानिय कला सस्कृतीको जर्गेना , स्थानिय उत्पादनको पहिचानका लागी हुनु पर्नेमा त्यसो हुन नसकेको अवस्थामा मेला लागाउनु आवस्यक छैन ।
सर्बदलिय बैठकमा पनि सोहि बिषय हाम्रो पार्टीका तर्फबाट राखेका थियो । आयोजकले तयारी आगाडी बढेकाले सहयोग गर्न आग्रह गरेका थिए । मेला लगाउने नलगाउने कोहलपुर नगरपालिका र कोहलपुर उद्योग बाणिज्य संघको कुरा हो ।

आनन्द बाबु काफ्ले नगर सभापति राष्ट्रिय स्वतन्त्र पार्टी 

मेलाका बिषयमा सर्वदलिय छलफल पनि आयोजना गरिएको थियो । मैले अहिलेको परिस्थितीमा मेला लगाउन उपयुक्त छैन भन्ने सुझाव दिएको थिए ।

Nabintech