१६ चैत्र २०८०, शुक्रबार
श्रीमती र छोरालाई आगो लगाई फरार भएका विक भारतीय सिमानाकाबाट पक्राउ


कोहलपुर । बाँकेको कोहपलुर नगरपालिका २ शक्तिनगरमा श्रीमती र छोरालाई आगो लगाई फरार रहेका भानुभक्त विकलाई प्रहरीले पक्राउ गरेको छ । गएराती करिब साढे १२ बजेको समयमा भारतीय सिमानाका जमुनाहाबाट प्रहरीले विकलाई पक्राउ गरेको कोहलपुर ईलाका ईन्चार्ज एवं प्रहरी नायव निरीक्षक ऐन बहादुर मल्ले जानकारी दिए । उनका अनुसार प्रहरीको शादा पोशाकमा गएको गस्तीले विकलाई पक्राउ गरी कोहलपुर लगिएको छ र कारवाहीको प्रकृया अघि बढाईएको छ ।

कोहलपुर नगरपालिका २ शक्तिनगरमा बस्दै आएका विकले श्रीमती र छोरालाई पेट्रोल छर्किएर आगो लगाएका हुन् । आईतबार साँझ करिब ७ बजेतिर आफ्नै घरमा घरायसी झगडा भएपछि श्रीमान विकले श्रीमती गंगा विक र २ वर्षिय छोरा प्रिन्स विकलाई पेट्रोल छर्किएर आगो लगाएको कोहलपुर इलाका प्रहरी कार्यालयले जनाएको छ ।

गंगा विक र प्रिन्स विकको नेपालगञ्ज मेडिकल कलेजमा उपचार भइरहेको छ । घटना भए लगत्तै कोहलपुर मेडिकल कलेजमा उनीहरुलाई उपचारको निम्ति पुर्याईएको थियो तर त्याहाँ उपचार सम्भव नभएको हुनाले उनीहरुलाई नेपालगञ्ज मेडिकल कलेजमा रेफर गरिएको ईलाका ईन्चार्ज मल्लले बताए । उनका अनुसार २ वर्षिय बालक प्रिन्सको भने उपचारका क्रममा ज्या न गएको छ । भानुभक्तका परिवार कालीकोटबाट बसाई सराई गरी बाँकेको कोहलपुरमा आएका थिए ।

Nabintech