८ बैशाख २०८१, शनिबार
कोहलपुरमा श्रीमती र २ वर्षिया छोरालाई  पेट्रोल छर्किएर आगो


कोहपलुर नगरपालिका २ शक्तिनगरमा श्रीमानले आफ्नै श्रीमती र छोरालाई पेट्रोल छर्किएर आगो लगाएका छन् ।

करिब ७ बजेतिर आफ्नै घरमा घरायसी झगडा भएपछि श्रीमान भानुभक्त विकले श्रीमती गंगा विक र २ वर्षिय छोरा प्रिन्स विकलाई पेट्रोल छर्किएर आगो लगाएको इलाका प्रहरी कार्यालयले जानकारी दिएको छ ।

गंगा विक र २ वर्षिय छोरा प्रिन्स विकलाई नेपालगञ्ज मेडिकल कलेजमा उपचार भइरहेकाे छ  २ वर्षिया प्रिन्सकाे भने स्वास्थय अवस्था गम्भिर रहेकाे इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख ऐन बहादुर मल्लले जानकारी दिए ।

आगो लागाउने भानुभक्त फरार रहेको र उनको खोजि भईरहेको प्रहरीले बनाएको छ ।

Nabintech