११ बैशाख २०८१, मंगलवार
खजुराको विकासमा हातेमालो गर्न आतुर छु– मन्त्रि केसी


नेपालगन्ज /लुम्बिनी प्रदेशका मन्त्रि कृष्णा केसीले खजुराको विकासमा हातेमालो गर्न आतुर रहेको बताएकी छन । बाँकेको खजुरा गाउँपालिकामा सोमबार सम्पन्न पाँचौ अन्तर विद्यालय मेयर रनिङ शिल्ड खेलकुद प्रतियोगिताको समापन कार्यक्रममा बोल्दै मन्त्रि केसीले खजुराको विकासका लागी आफ्नो भुमिका सक्रिय हुने बताइन ।

खेलकुदमा कुनै धर्म, जात नहुने बताउँदै उनले आफ्नो स्वास्थ सगैं राष्ट्रलाई चिनाउने काम गर्ने भएकाले यसको विकास अपरिहार्य रहेको बताइन । खजुरामा आयोजना गरिएको मेयर रनिङ शिल्ड प्रतियोगिता बाट देशले नयाँ खेलाडी पाएको उनले उल्लेख गरिन । समापन समारोहमा उनले आफ्ले राजनिति सुरु गरेको खजुरा भएकाले पनि आफ्नो जिम्मेवारी धेरै रहेकोले खजुराको समग्र विकास गर्नमा भुमिका निर्वाह गर्ने प्रतिवद्धता जनाइन । मन्त्रि केसीले नयाँ खेलाडिका लागि गाउँपालिकाले थप कार्यक्रम सन्चालन गर्नुपर्नेमा समेत जोड दिइन । खजुरा खेलकुदको मात्र हव नभएको हर किसिमले अग्रपन्थीमा रहेकाले खजुराको विकास गर्न पालिका संग समन्वय सहकार्य गरेर अघि बढीने जनाइन ।

खजुराको समृद्धि र विकासको निमित्त हातमा हात काधमा काध थापेर सबै लाग्न पर्ने भएको बताइन । खजुरालाई आफुले प्रदेशकै नमुना पालिकाको रुपमा विकास भएको हेर्न चाहेको उनले बताइन । प्रतियोगिताको समापन कार्यक्रममा खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर विकले जिल्लामै खजुरा खेलकुदमा अघि बढिरहेको बताए ।

अध्यक्ष विकले खेलकुदको लागि गाउँपालिकाले हरेक वर्ष पुरस्कार तथा बजेट बृद्धि गर्दै जाने उल्लेख गरे । खेलकुद बाट खजुरालाई देश विदेशमा चिनाउन सहज बनेको भन्दै गाउँपालिका अध्यक्ष विकले यसको विकासका लागि खेलकुद विकास समिति पनि पालिकामा गठन गरिसकेको उल्लेख गरे । तोकिएको पुरस्कार राशि भन्दा थप ५१ हजार प्रथम भएको जनता नमुना माविलाई प्रदान गर्ने अध्यक्ष विकले घोषणा समेत गरे । कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी सुर्य बहादुर खत्रिले खजुराले खेलकुदको विकासमा फट्को मारेको बताए । प्रमुख जिल्ला अधिकारी खत्रिले आफु जिल्लामा रहन्जेल खजुराको हरेक विकासलाई नियालेको भन्दै थप प्रगतिको कामना गरे । खत्रिको खजुराले सोहि समारोहमा दोसल्ला ओढाई विदाई समेत गरेको थियो । समारोहमा विजयी खेलाडी तथा विद्यालयहरुलाई पुरस्कृत समेत गरिएको थियो ।

Nabintech