२६ बैशाख २०८१, बुधबार
पर्यटनको बिकास र रोजगारी सृजना प्राथमिकतामा : मन्त्री नमुना


लुम्बिनी प्रदेश सरकारका मन्त्री कृष्णा केसी (नमुना)ले पर्यटनको बिकास गदै जनताको आय स्तर बृद्धिका लागी रोजगारी सृजना प्राथमिकता रहेको बताएकी छिन ।

जिल्लाको आफ्नो निर्वाचन क्षेत्र अन्र्तगत राप्तीसोनारी र नरैनापुरका धर्मिक तथा पर्यटकीय स्थलहरु बर्फानी बाबा मन्दिर र सन्तानेस्वर मन्दिरको अवलोकन गर्दै यस्तो कुरा बताएकी हुन ।

उनले शनिवार बाँकेको राप्तिसोनारी गाउँपालिका वडा नम्बर ४ स्थित ‘बर्फानी बाबा’ र आईतवार नरैनापुर ६ मा पर्ने सन्तानेस्वर महादेबको मन्दिर अवलोकन गरेकी छिन  ।

बिकट स्थान र पहाडी क्षेत्रमा रहेका धार्मिक स्थलमा स्वदेशी र बिदेशी पर्यटक भित्राउन आवश्यक पुर्वाधार निर्माण गर्ने सोचका साथ सो क्षेत्रको अवलोकन गरेको उनको भनाई छ ।स्थलगत अवलोक पछि सो स्थानको आवश्यकता अनुसार बजेट बिनियोजन गरिने उनको भनाई छ ।
बर्फानि बाबा मन्दीरमा धर्मशाला निर्माणका लागी ३० लाख बजेट बिनियोजन भई सकेको बताउदै मन्त्री नमुनाले सो स्थानमा शुद्ध खानेपानी , हेली प्याड , शौचालय लगायतको पुर्वाधारहरु तत्काल निर्माण गर्ने प्रतिबद्धता जनाईन ।

आइतबार सन्तानेस्वर मन्दिर पुगेकी उनले त्यहाँका पुजारी महन्त श्री योगानन्द गिरीसङ्ग त्यहाँका समस्याका बारेमा छलफल गरिन । छलफलका क्रममा पुजारी गिरीले खानेपानी, शौचालय, आश्रम, सडक, कलात्मक सौन्दर्यसहितको आधुनिक किसिमको मन्दिर निर्माण लगायतका समस्याहरू समाधानका लागि पहल गरिदिन मन्त्री नमुनासङ्ग आग्रह गरे । उनले नरैनापुरको कोलाहाबाट जङ्गलको बिचमा पर्ने चक्लेपाथर भन्ने स्थानसम्म मोटर बाटोको स्तरोन्नति र त्यसपछि मन्दिरसम्म पुग्नका लागि रेलिङ्सहितको स्टेप सिढी बनाइदिन आग्रह गरे ।

हालसम्म त्यस ठाउँको विकासका लागि स्थानीय सरकार लगायत अन्य कुनै पनि सरकारी निकायबाट पहल तथा सहयोग नभएको नरैनापुर गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष प्रेमचन्द्र मौर्यले जानकारी दिए । त्यहाँसम्म पुग्ने गोरेटो बाटो, बाबाको आश्रम लगायतका सबै सहयोग स्थानीय तथा बाह्य श्रद्धालु भक्तजनहरुबाट बनाइएको अध्यक्ष मौर्यले जानकारी दिए ।

नेपालगन्जबाट नरैनापुरको कोलाहासम्म मोटर, त्यहाँबाट जङ्गलको बिचमा पर्ने चक्लेपाथर भन्ने स्थानसम्म मोटरसाइकल र त्यसपछि आधा घण्टाको उकालो पैदल यात्रा गरेर सन्तानेश्वर पुगेकी मन्त्री नमुनासङ्ग नरैनापुर ६ का वडाअध्यक्ष प्रेमचन्द्र मौर्य, राप्तिसोनारी ७ का वडाअध्यक्ष रामलखन थारु लगायतका स्थानीय जनप्रतिनिधि, पत्रकार तथा स्थानीय वासिन्दाहरु उक्त क्षेत्रमा पुगेका थिए ।

Nabintech