८ बैशाख २०८१, शनिबार
चिकित्सक संघ लुम्बिनी प्रदेशको अध्यक्षमा डा. राजन पाण्डे


अखिल नेपाल प्रगतिशील चिकित्सक संघ लुम्बिनी प्रदेशको प्रथम भेलाबाट लुम्बिनी प्रदेश तदर्थ कमिटीको अध्यक्षमा भेरी अस्पताल नेपालगन्जमा कार्यरत डा। राजन पाण्डे चयन भएका छन ।

माओवादी निकट चिकित्सकहरुको संगठन अखिल नेपाल प्रगतिशील चिकित्सक संगठनको बिहिवार नेपालगन्जमा भएको प्रदेश स्तरीय प्रथम भेलाबाट डा। पाण्डे अध्यक्षमा चयन भएका हुन ।

भेलाले डा। पाण्डेको अध्यक्षतामा ११ सदस्यीय प्रदेश कमिटी गठन गरेको छ । जसको उपाध्यक्षमा डा. डिबी खत्री र डा. सुवास जिसी, महासचिवमा डा. देवेन्द्र आचार्य, सचिबमा डा। सुदर्शन थापा, सदस्यहरूमा क्रमशः डा. सकुन्तला कुमार गुप्ता, डा. अभिषेक यादव, डा. साजन थापा, डा. होमनाथ अधिकारी, डा. रवी वाग्ले र डा. मधुसूदन घिमिरे चयन भएका छन । आवश्यकता अनुसार अन्य पदाधिकारी र सदस्य पछि थप गर्ने निर्णय गरेको नवनिर्वाचित अध्यक्ष डा. पाण्डेले जानकारी गराए ।

प्रगतिशील जनस्वास्थ्यकर्मी महासंघका निवर्तमान केन्द्रिय अध्यक्ष डा. कृष्ण सागर शर्मा पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त भेला अखिल नेपाल प्रगतिशील चिकित्सक संघका केन्द्रिय उपाध्यक्ष डा। श्याम बिकको अध्यक्षतामा सम्पन्न भएको थियो भने स्वास्थ्यकर्मी मानव नेपालीले कार्यक्रम संचालन गरेका थिए ।

कार्यक्रमलाई लुम्बिनी प्रदेश सरकारका मन्त्री एवं माओवादी केन्द्रिय सदस्य कृष्णा केसी (नमुना), माओवादी बाँके संयोजक डम्बर बिक (तुफान), भेरी अस्पतालका नर्सिङ प्रमुख (मेट्रोन) दुर्गा लक्ष्मी श्रेष्ठ, प्रेस सेन्टर बाँके अध्यक्ष डक्ट प्रसाद धिताल लगायतले सम्बोधन गरेका थिए ।

Nabintech