१३ बैशाख २०८१, बिहीबार
खजुरामा मेयर रनिङ्ग शिल्ड प्रतियोगिता शुरु


खजुरा / बाँकेको खजुरामा पाँचौ अन्तर विद्यालय मेयर रनिङ्ग शिल्ड प्रतियोगिता सुरु भएको छ । विहिबार एक समारोहका विच खजुरा गाउँपालिबका वडा नम्बर ४ मा रहेको श्री नेपाल राष्ट्रिय आदर्श आधारभूत विद्यालय डिगाउँ तथा खजुरा मिनि रङ्गशालामा प्रतियोगिता शुभारम्भ गरिएको हो ।

गाउँपालिकाका अध्यक्ष एवम मुल आयोजक समितिका संयोजक डम्बर विकले उद्घाटन गर्दै प्रतियोगिता अवधिभर माध्यमिक तह कक्षा ९ देखि १२ आधारभूत तह कक्षा ६ देखि ८ र प्राथमिक तह कक्षा १ देखि ५ सम्मको लागि रनिङ्ग शिल्डका लागि प्रतिस्पर्धा हुने जनाकारी दिए । माध्यमिक तर्फ एथलेटिक्स भलिवल कपड्डी गरी जम्मा १५ इभेन्ट्स आधारभूत तह तर्फ ५ इभेन्टस र प्राथमिक तहमा ३ वटा एथलेटिक्स इभेन्टस्को प्रतिस्प्रधा गराइनेछ भने खुला चेस प्रतियोगिता मा छात्रा १ र छात्रा १ गरी हरेक विद्यालयबाट सहभागि गराउन सकिने ब्यवस्था गरिएको जनाए । जम्मा २४ इभेन्टसमा प्रतियोगिता सञ्चालन हुने संयोजक विकले जानकारी दिए ।

उदघाटन समाहरोलाई सम्बोधन गर्दै अध्यक्ष विकले युवा तथा खेलकुदको पहिचान र नयाँ खेलाडी छनोटको उदेश्यले प्रतियोगिता संचालन गरिएको बताए । समग्र खेलकुदको विकास गर्न खजुरा गाउँपालिकामा खेलकुद विकास समिति पनि निर्माण गरिएको बताउँदै अध्यक्ष विकले यसबाट खेलकुदको भौतिक संरचना संरक्षण गर्न हुने अपेक्षा व्यक्त गरे । खेलकुदका लागि भनेरै गाउँपालिकाले गत वर्षभन्दा यस वर्ष मेयर रनिङ्ग शिल्ड प्रतियोगिताका लागि दोब्बर बजेट विनियोजन गरिएको बताए । प्रतियोगितामा खजुरा गाउँपालिकामा रहेका ६६ विद्यालयहरुले भाग लिएका छन । प्रतियोगितामा ५० जना खेलाडि विद्यार्थिहरुको लागी विमा समेत गरिएको अध्यक्ष विकले बताए ।

प्रतियोगितामा माध्यमिक तह कक्षा ९ देखि १२ , आधारभूत तह र प्राथमिक तह कक्षा १ देखि ५ मा अध्ययनरत क्रमसः १८ वर्ष मुनिका १४ वर्ष र १२ मुनिका मुनिका सामुदायकि विद्यालय संस्थागत र मदरसा गरी ६६ विद्यालयका १३२० खेलाडीहरु सहभागि रहेको सचिवालय संयोजक तथा शिक्षा तथा खेलकुद शाखा प्रमुख खगेन्द्र बहादुर मल्लले जानकारी दिए । प्रतियोगितामा प्रथम द्वितीय र तृतीय स्थान प्राप्त गर्ने विद्यालयहरुलाई माध्यमिक आधारभूत र प्राथमिक तह क्रमशः ३३ हजार रुपैया, २० हजार र १४ हजार नगद पुरस्कार प्रदान गरिने सचिवालय संयोजक मल्लले जनाए । प्रतियोगिताको शुभारम्भ समारोहमा विभिन्न झाकी, विद्यालयहरुका मार्च पास तथा सास्कृतिक कार्यक्रमहरु गरिएका थिए ।

कार्यक्रममा निवर्तमान गाँउपालिका उप प्रमुख एकमाया बिक , माओवादी केन्द्रका पालिका अध्यक्ष राजकुमार बिक लगायतले बोलेका थिए ।

Nabintech