७ बैशाख २०८१, शुक्रबार
खजुरामा बिहीबारदेखी मेयरकप रनिङ्ग शिल्ड ,प्रदेश मन्त्रि कृष्णा केसी नमुनाले उद्घाटन गर्ने


खजुरा बाँकेको खजुरामा भोली बिहिबार देखि पाँचौ अन्तर विद्यालय मेयर रनिङ्ग शिल्ड प्रतियोगिता हुने भएको छ । खजुरा गाउँपालिबका वडा नम्बर ४ मा रहेको श्री नेपाल राष्ट्रिय आदर्श आधारभूत विद्यालय डिगाउँ को व्यवस्थापनमा भोलि ५ देखि १० गते सम्म सञ्चालन हुदैछ ।

खजुरा गाउँपालिकाको आयोजनामा बुधबार खेलस्थलमा पत्रकार सम्मेलनको आयोजना गरि रनिङ्गशिल्डको सम्पूर्ण तयारी पुरा भएको जनाएको छ । पत्रकार सम्मेलनमा गाउँपालिकाका अध्यक्ष एवम मुल आयोजक समितिका संयोजक डम्बर विकले प्रतियोगितामा माध्यमिक तह कक्षा ९ देखि १२ आधारभूत तह कक्षा ६ देखि ८ र प्राथमिक तह कक्षा १ देखि ५ सम्मको लागि रनिङ्ग शिल्डका लागि प्रतिस्पर्धा हुने जनाए । माध्यमिक तर्फ एथलेटिक्स भलिवल कपड्डी गरी जम्मा १५ इभेन्ट्स आधारभूत तह तर्फ ५ इभेन्टस र प्राथमिक तहमा ३ वटा एथलेटिक्स इभेन्टस्को प्रतिस्प्रधा गराइनेछ भने खुला चेस प्रतियोगिता मा छात्रा १ र छात्रा १ गरी हरेक विद्यालयबाट सहभागि गराउन सकिने ब्यवस्था गरिएको जनाए ।

जम्मा २४ इभेन्टसमा प्रतियोगिता सञ्चालन हुने संयोजक विकले जानकारी दिए । प्रतियोगितामा माध्यमिक तह कक्षा ९ देखि १२ , आधारभूत तह र प्राथमिक तह कक्षा १ देखि ५ मा अध्ययनरत क्रमसः १८ वर्ष मुनिका १४ वर्ष र १२ मुनिका मुनिका सामुदायकि विद्यालय संस्थागत र मदरसा गरी ६६ विद्यालयका १३२० खेलाडीहरु सहभागि रहने सचिवालय संयोजक तथा शिक्षा तथा खेलकुद शाखा प्रमुख खगेन्द्र बहादुर मल्लले जानकारी दिए ।

प्रतियोगितामा प्रथम द्वितीय र तृतीय स्थान प्राप्त गर्ने विद्यालयहरुलाई माध्यमिक आधारभूत र प्राथमिक तह क्रमशः ३३ हजार रुपैया , २० हजार र १४ हजार नगद पुरस्कार प्रदान गरिने सचिवालय संयोजक मल्लले जनाए । खजुरा गाउँपालिकामा विविध जातजाति धर्मावल्मी र साँस्कृतिक पहिचान र सदभाव कायम गर्न प्रतिकको रुपमा मेयर रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिताको लोगोमा विविध धर्मका धार्मिक स्थलहरुको अंकित गरिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नृपराज उपाध्यायले जानकारी दिए । त्यसै गरी प्रतियोगितामा गिजरा सामायिक बनमा पाइने नील गाईको प्रतिक चिन्ह मस्कटको रुपमा राखिएको छ । भोलि दिउसो १ बजे देखि कार्यक्रम सुरु हुने र उद्घाटन लुम्बिनी प्रदेश सरकारका मन्त्रि कृष्णा केसीले गर्ने आयोजकले जनाएको छ ।

Nabintech