१६ चैत्र २०८०, शुक्रबार
खजुरा गाँउपालिका द्धारा विपन्न परिवारलाई घर

गाँउपालिका अध्यक्ष डम्बर बहादुर बिक (तुफान) द्धारा घर हस्तान्तरण



बाँके /खजुरा गाँउपालिका वडा नं ३ बि गाउँकाका अति विपन्न ४ परिवारले घरबास प्राप्त गरेका छन् । तराई मधेस समृद्धि कार्यक्रम अन्तर्गत आज खजुरा गाँउपालिका अध्यक्ष डम्बर बहादुर बिक (तुफान) ले चार परिवारलाई आवास हस्तान्तरण गर्नु भएको हो ।

खजुरा गाउपालिकाले झण्डै १ विगाह क्षेत्रफल रहेको जग्गामा ४ घरहरु निर्माण गरेको थियो । ती निर्माण भएका घरबास बालसरी कामी, सुनिता सेन, गंगा विश्वकर्मा र सुनिता चमारलाई हस्तान्तरण गरिएको अध्यक्ष तुफानले बताउनु भयो । निकै ठूलो दुस्ख खेप्दै आएका अति विपन्न परिवारले घरवास पाएपछि निकै खुशी व्यक्त गरेका छन् । अध्यक्ष तुफानले उत्पादन मुखी कृषि प्रोत्साहन दिदै उत्पादनमा लाग्ने किसानको उत्पादित बस्तुको वजार व्यवस्थापनमा सहजीकरण गर्ने प्रतिबद्धता जनाउनु भयो ।

कार्यक्रममा खजुरा गाउपालिकाका उपाध्यक्ष मन्जु मल्ल, प्रमुख प्रसासकिय प्रमुख नृपराज उपाध्याय र स्वकीय सचिव प्रदीप बिकको उपस्थिति रहेको थियो ।

Nabintech