८ बैशाख २०८१, शनिबार
मन्त्री भए लगत्तै नमुनाले भेट गरिन जनयुद्धका सहिद तथा बेपत्ता परिवारलाई


लुम्बिनी प्रदेश सरकारका नवनियुक्त मन्त्री कृष्णा केसी ‘नमुना’ अहिले आफ्नो गृह जिल्ला बाँकेमा आफ्ना मतदाता तथा जनताहरुसङ्ग भेटघाटमा व्यस्त हुनुहुन्छ । भेटघाटका क्रममा जिल्लामा रहेका विभिन्न संघ संस्थाहरुले उहाँलाई बधाई तथा शुभकामना प्रदान गरिरहेका छन । यसै क्रममा मन्त्री कृष्णा केसी ९नमुना० ले जनयुद्धका घाइते, सहिद तथा वेपत्ता परिवारका सदस्यहरुलाई सम्झिनु भएको छ ।

शनिबार बिहान मात्र नेपालगन्जमा प्रेस सेन्टरले आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा सहभागी बनेकी मन्त्री नमुना अन्य विभिन्न कार्यक्रमहरुमा सरिक हुँदै शनिबार दिउँसो राप्तिपारीका जनयुद्धका सहिद तथा बेपत्ता परिवारका सदस्यहरुलाई भेटघाट गर्नु भएको छ । आफ्नो निर्वाचन क्षेत्र बाँकेको १९१० अन्तर्गत राप्तिसोनारी गाउँपालिका वडा नम्बर ६ र ७ मा पुगी त्यहाँ रहेका जनयुद्धका सहिद तथा बेपत्ता परिवारका सदस्यहरुसँग उहाँले भेटघाट गर्नु भएको हो ।

भेटघाटका क्रममा उहाँले राप्तिसोनारी वडा नम्बर ६ मा रहेको सहिद स्मृति पार्कमा पुगी जनयुद्धका सहिद बुद्धिबल पुनको सालिकमा अबिर तथा फुलले माल्यार्पण गर्नुभयो । सो अवसरमा उहाँले जनयुद्धका सहिद तथा बेपत्ता भएका व्यक्तिहरूको योगदानले मात्र देशमा अहिले यति ठुलो परिवर्तन भएको बताउनु भयो ।

सहिद तथा बेपत्ता भएका व्यक्तिहरुका कारण मात्र देशमा अहिले यति ठुलो परिवर्तन आएको र जनाताका छोराछोरीहरु मन्त्री, प्रधानमन्त्री तथा राष्ट्रपति बन्न सम्भव भएको उहाँको भनाइ थियो । मन्त्री नमुनाले सहिद तथा बेपत्ता परिवारप्रती आफ्नो सम्मान र आदर रहेको बताउदै उनिहरुको सपना पूरा गर्नका लागि देश र जनताको पक्षमा सधैभरी सत्य र निष्ठापुर्वक उभिने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।

लुम्बिनी प्रदेश सरकारमा पुस २८ गते मन्त्रीमा नियुक्त भइ सपथ खानु भएकी नमुनाले मन्त्रालयको जिम्मेवारी भने अझै पाउनु भएको छैन । मन्त्री नमुना लुम्बिनी प्रदेशभरमा प्रत्यक्ष निर्वाचन प्रणालीबाट चुनाव जित्ने एउटो महिला सांसद हुनहुन्छ भने बाँकेबाट एउटै निर्वाचन क्षेत्रबाट दोहोरिएर चुनाव जित्ने पनि उहाँ एक्लो हो । उहाँले २०७४ को निर्वाचनमा पनि नेकपा माओवादी केन्द्रका तर्फबाट बाँकेको १९१० बाट निर्वाचन जित्नु भएको थियो ।

Nabintech