१५ चैत्र २०८०, बिहीबार
खजुरा ५ का सुत्केरीलाई न्यानो कपडा वितरण


खजुरा /बाँके जिल्लाको खजुरा गाँउपालिका वडा नम्बर पाँच ले सुत्केरी तथा नवजात शिशुको स्वास्थ्यलाई मध्यनजर गर्दै एक थान ज्याकेट वितरण गरेको छ। अत्यधिक चिसो बढेसँगै वडामा रहेका सुत्केरीको स्वास्थ्यलाइ ख्याल गर्दै न्यानो कपडा वितरण गरिएको खजुरा गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष गरिबे शेषले जानकारी दिनुभयो ।वडा अध्यक्ष गरिबे शेषको अध्यक्षता तथा खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर विकको प्रमुख आतिथ्य रहेको न्यानो कपडा वितरण कार्यक्रम वडामा सुत्केरी भएका ६५ जना महिलाहरुलाइ न्यानो कपडा वितरण गरिएको छ।

उक्त कार्यक्रममा बोल्दै खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर विकले खजुरा गाउँपालिका सरकार खजुराका जनताको जनजिबिका प्रति निकै गम्भीर रहेर विभिन्न सेवामुलक काम गर्दै आएको छ । स्वाथ्यकर्मी सहितको टोली गर्भवति तथा सुत्केरीको घरमै पुगेर प्रसुति अवस्थामा ध्यान दिनुपर्ने कुरा गर्भवति र उनका परिवारलाई सिकाउने कार्यक्रम , वडाभरीका गर्भवति महिलाको घरदैलोमै पुगेर निशुल्क स्वास्थ्य चेकजाँच गर्नुका साथै सुत्केरी तथा गर्भवतिका लागि भिटामिन युक्त खाने कुरा दिने कार्यक्रम संचालन गर्ने बताए । उनले भने चिसो मौषममा सुत्केरी तथा नवजात शिशुको स्थास्थ्यलाई ख्याल गरी न्यानो कपडा सँगै कम्मल पनि बितरण गर्ने तयारी रहेको अध्यक्ष विकले बताए ।

वडा अध्यक्ष गरिबे शेषका अनुसार गएको साउनदेखि पौषसम्म सुत्केरी भएका ६५ जना महिलाहरुलाई न्यानो कपडा दिईएको बताए ।उनले भने ‘एकातर्फ चिसोले सुत्केरी तथा नवजात शिशुको ज्यानै जान सक्ने खतरा छ, भने अर्को तर्फ र्भखरका किशोरी आमा छन्’ ।। ‘यिनै समस्यालाई मध्यनजर गरी वडाले यो कार्यक्रम मार्फत उपहार दिने कार्यक्रम गरेका बताए ।’

नियम अनुसार सुत्केरी चेकजाँच गर्ने, स्वाथ्य संस्थामा नै प्रसुति हुने र २० बर्ष माथी सन्तान जन्माउनेहरुलाई उपहार कार्यक्रमले प्राथमिकता दिएको छ । न्यानो कपडा पाएपछि राहतको महशुस गर्दै सुत्केरी महिलाहरुले कार्यक्रमलाई सँधै निरन्तरता दिनुपर्ने बताएका थिए । उनले वडा अध्यक्ष फेरीएपनि यस्तो कार्यक्रमलाई हटाउन नहुने धारणा ब्यक्त गरेका थिए।

Nabintech