१४ बैशाख २०८१, शुक्रबार
भवनको अभावमा कोहलपुरमा नापि तथा मालपोत कार्यालय सञ्चालन हुन सकेन

भाडाको घरमा भएपनि एक हप्ता भित्र कार्यालय सञ्चालन गर्ने सर्वदलिय बैठकको निर्णय



एक हप्ता भित्रै कोहलपुरमा नापि तथा मालपोत कार्यालय सञ्चालनका तयारी गरिएको छ । कार्यालय स्थापन गर्न भवनको अभावका कारण कोहलपुरमा नापि तथा मालपोत कार्यालय स्थपना हुन सकेको थिइन ।
सोमवार कोहललपुरमा भएको सर्वदलिय बैठकले एक हप्ता भित्र सरकारी भवन वा भाडाको घरमा भएपनि कार्यालय सञ्चालनमा ल्याउने निर्णय भएको छ ।
माओवादी केन्द्रका युवा नेता नरेन्द्र न्यौपाने लगायतको टोलिले आईतवार नापि तथा मालपोत कार्यालय नेपालगंजमा पुगि कार्यलय स्थापना भएको ढिलाई बारे जानकारी लिएको थियो । भवनको अभाबमा कार्यालय स्थपना हुन नसकेको जवाफ पछि सोमवार सर्बदलिय बैठक राखि कार्यालय खोज्ने सहमति भएको थियो ।
पुर्व भुमि सुधार मन्त्री शसि श्रेष्ठले नापि तथा मालपोत कार्यालय उद्धघाटन गरेको भए पनि सो भवनको पुर्वाधार मर्मतको काम कोहलपुर नगरपालिकाले नगरिदिदा कोहलपुरमा कार्यालय स्थापनामा ढिलाई भएको मालपोत कार्यालय नेपालगंजका प्रमुख छबि नेपालीले जानकारी दिए ।
कोहलपुर , बैजनाथ र राप्ती सोनारीका जनतालाई पाएक पर्ने गरि कोहलपुरमा नापि तथा मालपोत कार्यालय स्थापना गर्ने निर्णय माओवादी नेतृ एंव पुर्व भुमि सुधार मन्त्ती शशि श्रेष्ठले गरेकी थिईन ।
कोहलपुर नगरपालिका श्रोतका अनुसार एक हप्ता भित्र भाडाको घरमा भएपनि कार्यालय सञ्चालनको तयारी छ ।

Nabintech