७ बैशाख २०८१, शुक्रबार
थारु राष्ट्रिय मुक्तिमोर्चा बाँकेको माघी मिलन


थारु राष्ट्रिय मुक्तिमोर्चा बाँकेको आयोजनामा सोमवार बैजनाथ गाँउपालिकामा माघी मिलन तथा शुभकामना आदान प्रदान कार्याक्रम आयोजना गरिएको छ ।
कार्यक्रममा बोल्दै माओवादी केन्द्रका युवा नेता एंव थारु राष्ट्रिय मुक्तिमोर्चा का केन्द्रिय सचिव दुर्गा बहादुर थारु कबिरले थारुले माओवादीको बलमा थारु समुदायको मुक्ति सम्भव भएको बताए । उनले जमिन्दारको बिरोलो र कुकुर संग डराउने थारु समुदायले माओवादीले सुरु गरेको जनयुद्धको जगमा जमिन्दारी प्रथा उन्मुलन गरेको बताए । उनले माओवादीकै बलमा कमलरी कमैया जस्ता कुप्रथा समेत अन्त्य गरेको भन्दै अहिले माओवादी आन्दोलन बारे भ्रम छरेर थारु समुदाय लाई आन्दोलन बाट अलग गर्न खोजिएको समेत बताए ।
उनले समाबेशिता लगायत थारु समुदायका मुद्धाहरु संबिधानमा उल्लेख भई सेको भन्दै अव कार्यन्यनको चरणमा रहेको समेत बताए । कार्यक्रममा बोल्दै माओवादी केन्द्रकी केन्द्रीय सदस्य पुर्णा कुमारी सुबेदीले माओवादी आन्दोलन र थारु समुदाय पर्याबाची भएको बताईन । कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य एंव माओवादी केन्द्रका केन्द्रीय सदस्य कृष्णा केसी नमुनाले आफुले थारु लगायत बाँके र बर्दियाको समग्र बिकासको नेतृत्व लिने बताईन । उनले सबै उत्पिडीत समुदायको पक्षमा लडने पार्टी माओवादी भएको बताईन । कार्यक्रममा माओवादी नेता दल बहादुर सुनार , डम्वर बिक तुफान , नरेन्द्र पाण्डे जेम्स लगायतले बोलेका थिए ।
कार्यक्रममा सहभागी थारु नेता कार्यक्रर्ताले माओवादी पार्टीले आफुहरु लाई भुल्दै गएको गुनासो गरेकाा थिए ।
थारु मुक्तिमोर्चा नेपालका बाँके अध्यक्ष राजमोहन थारुको अध्यक्षतमा भएको कार्यक्रममा सयौ थारु नेता कार्यक्रर्ताको सहभागीता रहेको थियो ।

Nabintech