११ बैशाख २०८१, मंगलवार
खजुरा गाउँसभाको १२ औं अधिवेशन सुरु


खजुरा /बाँकेको खजुरा गाउँपालिकाले आफ्नो गाउँसभाको १२ औं अधिवेशन गरेको छ । आइतबार गाउँपालिकाले सभाको आयोजना गरि अधिवेशन गरेको हो । खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर विकको सभाध्यक्षमा भएको कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष मन्जु मल्लले चालु आर्थिक वर्षको निति, कार्यक्रम तथा बजेट समिक्षा बक्तव्य प्रस्तुत गरेकी थिइन ।

गाउँपालिकाको अहिलेसम्मको राजश्व असुल ७७ लाख ७६ हजार ७ सय ५५ रहेकोमा पालिका तर्फको राजश्व असुलि २१ लख १९ हजार ७ सय ६४ रहेको उपाध्यक्ष मल्लले प्रस्तुत गरिन । वडागत रुपमा ५६ लाख ५६ हजार ९ सय ९१ राजश्व असुल देखिएको छ ।

खजुराले गाउँपालिकाको नगर प्रहरी विधेयक २०७९, खजुरा गाउँपालिकाको खानेपानी तथा सरसफाई र स्वच्छता सक्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक २०७९, खजुरा गाउँपालिकाको साझेदारीमा कार्यक्रम सञ्चालन तथा व्यवस्थापन गर्ने सम्बन्धि विधेयक २०७९, लगायतका विधेयक सभाले पास गरेको खजुरा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नृपराज उपाध्यायले जानकारी दिए ।

सभामा आर्थिक विकास समितिका संयोजक तथा वडा नम्बर ५ का वडाध्यक्ष गरिवे शेषले प्रस्तुत गरिएको रकमान्तर तथा संशोधन हुने शिर्षकहरु २९ गते बस्ने सभामा परिमार्जन सहित पास गर्ने भएको हो ।

खजुराको अर्को सभा आउँदो २९ गते बस्ने गरि सभाध्यक्ष तथा गाउँपालिकाका अध्यक्ष विकले समापन गरे ।

Nabintech