१५ चैत्र २०८०, बिहीबार
खजुरा गाउँपालिकाद्वारा दाउरा वितरण


बाँकेको खजुरा गाउँपालिकाले बढ्दै गरेको चिसोलाई मध्यनजर गर्दै सबै वडाको चोकचोकमा दाउरा वितरण गर्न लागेको खजुरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नृपराज उपाध्यायले जानकारी दिए । गाउँपालिकाले डिभिजन वन कार्यालयको आपूर्ति समितिबाट दाउरा मुढा ल्याएर वितरण भइरहेको गाउँपालिकाका उपाध्यक्ष मन्जु मल्लले बताउनु भयो । उहाँका अनुसार भोलि सम्म खजुराका ८ वटै वडाभित्र ठाउँठाउँमा दाउरा राखिने जानकारी दिनुभयो । आजबाट सबै वडाको चोकचोक बढी भिडभाड हुने ठाउँहरुमा भोलि सम्म वितरण गरि सकिने छ।

एक्कासी अत्याधिक चिसो बढेपछि बाँके जिल्ला बासीहरुकोे जनजीवन कष्टकर बनेको छ ।

शीत लहरसँगै चिसो बढेपछि जिल्लामा शीतलहरका कारण बढी गर्भवती, सुत्केरी महिला, नबजात शिशु, बालबालिका बिरामी र असक्तहरु बढी प्रभाबित भएका छन् ।

चिसो बढेपछि जिल्लाको विद्यालयहरुमा विद्यार्थी संख्या मा कमि आएकोे छ भने बजार पसलमा मानिसहरुको चहल पहल पनि घटेको छ । अहिले चिसो बाट बच्नको लागी चोक चोक तथा टोलटोलमा मुढा दाउरा र परालको आगो बाली तापने गरेका छन ।

शीत लहर बढेसँगैं पशुचौपायालाई बोरा र कपडाहरु लगाईएको छ । जाडो बढदै गए पछि बजार, सवारीसाधनहरुमा स्थानियको चाप घटेको छ । जस्का कारण सरकारी कार्यालय, संघसंस्थाहरु सुनसान बन्दै गएका छन ।

जाडोकै कारण जिल्लाका बिद्यालयहरुमा पठन पाठन समेत प्रभावित भएको छ ।

शितलहरले बाली नाली, पशु र अन्य चौपायामा लगायत ठुलो मानिस र बच्चामा रुघा, खोकी, झाडा पखला, भई असर परेकोले यसबाट बाच्नका लागी सचेत रहन र तातो पर्ने उपया अपनाउनका लागी सुचना जारी गरिएको जिल्ला प्रशासन कार्यलयले जानकारी गराईएको छ ।

Nabintech