१६ चैत्र २०८०, शुक्रबार
चिसो बढ्यो, जनजीवन कष्टकर


बाँकेलगायत आसपासका जिल्लामा मंगलवार चिसो ह्वात्तै बढेको छ । दिनदिनै बढ्दै गएको चिसोले अप्ठ्यारो बनाएको जनजीवनमा बाक्लो कुहिरो र हुस्सुले झन कष्ट थपेको छ । मौसम नखुल्दा जाडो बढिरहेको छ । भिजिबिलिटी घटिरहेको छ ।

चिसो बढेसँगै अस्पतालहरुमा रुघाखोकी र श्वासप्रश्वासका बिरामी बढेका छन् । भेरी अस्पताल नेपालगञ्जमा विरामीको चाप बढेको फिजिसियन एवम् अस्पतालका सूचना अधिकारी डा। संकेत रिसालले बताए । भिजिविलिटी घट्दा राँझा विमानस्थलबाट हुने उडानहरु अनियमिति भइरहेका छन् । बाक्लो कुहिरो लागेको समयमा त उडान अवतरण हुन सकेको छैन ।

चिसोले निम्न वर्गका परिवार, बालबालिका, दीर्घ रोगी, मजदुर, ज्येष्ठ नागरिक लगायतलाई अत्यधिक समस्या भएको छ । चिसोबाट जोगिनका लागि मान्छेहरू सडक छेउछाउ, घर लगायत विभिन्न ठाउँमा आगो तापिरहेका देखिन्छन् । घाम नलाग्दा दिनहुँ तापक्रम घट्दै गएको छ । मध्यान्हमा समेत नेपालगञ्जको तापक्रम १३ डिग्री सेल्सियस छ ।

Nabintech